गोकर्ण रिसोर्टबारेको सम्झौता जानकारी गराउन नेकपा सांसदहरुको माग

Machchapuchchre

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदले सरकारलाई गोकर्ण फरेस्ट यती समूहलाई दिने सम्झौताबारे सदनलाई जानकारी दिन माग गरेका छन् ।

राष्ट्रियसभाको सोमबार बसेको बैठकको विशेष समयमा बोल्दै सत्तारुढ दल नेकपाका राष्ट्रियसभा संसदीय दलका प्रमुख सचेतक खिमलाल भट्टराईले गोकर्ण रिसोर्टबारे सरकारले गरेको सम्झौता सदनलाई यथार्थ जानकारी दिन माग गरेका हुन् ।

यस्तै, प्रमुख सचेतक भट्टराईले नारायणहिटी दरबारअगाडि नेपाल ट्रस्टको जग्गालाई लिएर भएको आलोचना र विवादबारे पनि सदनलाई जानकारी गराउन माग गरे ।

पुरानो सम्झौताको अवधि ६ वर्ष बाँकी हुँदा नै सरकारले हालै रिसोर्टमा भएको जग्गा यती समूहलाई दिने सम्झौताको म्याद थप गरेको थियो । सरकारको यो निर्णयलाई लिएर आलोचना र विरोध भइरहेको छ ।

सरकारले गोकर्ण फरेस्ट रिसोर्ट, त्यहाँ रहेको गल्फ कोर्स र जंगल क्षेत्र निकै सस्तो दरमा थप २५ वर्षका लागि फेरि यति होल्डिङ्स प्रालिलाई नै दिएको छ। सरकारी स्वामित्वको उक्त सम्पत्ति प्रयोगबारे पुरानो सम्झौताको म्याद सकिनु ६ वर्ष बाँकी छँदै यतिलाई समय थपिएको हो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्