दुईतिहाइको सरकार सीमाको विषयमा मौन रहनु रहस्यमय – कांग्रेस नेत्री भुसाल

Machchapuchchre

काठमाडौं । प्रमुख प्रत्यपक्षी दल नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसालले दुईतिहाइको सरकार सीमाको विषयमा मौन रहनु रहस्यमय भएको बताएकी छन् । सोमबार रफत सन्चार क्लब भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै भुसालले नेपालको सीमा भारतले मिचेको विषयमा यति लामो समयसम्म पनि मौन रहनु र ‘क्याबिनेट’बाट कुनै निर्णय गर्न नसक्नु रहस्यको विषय भएको जिकिर गरिन् ।

उनले सरकारले केवल सिंहदरबारलाई मात्र मजबुद् बनाउने खेलमा लागेकाले संघीयता खतरामा परेको दाबीसमेत गरिन् । नेत्री भुसालले कांग्रेसले अब गुट–उपगुटको राजनीतिलाई चिर्दै सभापतिले विचारको राजनीतिलाई अग्रसरता दिने बताइन् ।

उनले वर्तमान सरकारले नेपाल ट्रष्टको नाममा रहेको जग्गा कौडिको मूल्यमा उपलब्ध गराएर आफ्नो भ्रष्ट छबी देखाउँदै भ्रष्टाचारमा डुबेको बिषय प्रष्टाएको बताइन् । उनले कम्युनिष्ट सरकार कानुन भन्दा माथि जान खोजेको र भ्रष्टाचार, हिंसा र हत्यालाई प्रसय दिएको आरोप लगाइन् ।

वर्तमान सरकारले अनुसन्धान बिभागको बिशेष सेवा गठन ऐन संसोधन गर्न संसदमा प्रबेश गराएको र अनुसन्धान बिभागलाई ब्यक्तिको घर खोजतलासका साथै फोन ट्यापिङ गर्ने अधिकार दिएर ब्यक्तिको स्वतन्त्रता र मौलिक हक अधिकारको उल्लंघन गर्न खोजेको उनले आरोप लगाइन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्