‘क्रिसमस डे’ का अवसरमा राष्ट्रपति भण्डारीले दिइन यस्तो शुभकामना

Machchapuchchre

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘क्रिसमस डे’लगायतका पर्वले विभिन्न समुदायबीच सद्भाव र समन्वय अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको बताएकी छन् । क्रिश्चियनहरूको पर्व क्रिसमसका अवसरमा बुधबार एक शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।

उनले क्रिसमसले सबै नेपालीबीच बन्धुत्व, आपसी प्रेम र एकताको भावना बढाएर शान्त र समुन्नत नेपाल निर्माण गर्न प्रेरणा प्रदान गर्ने कामना पनि गरेकी छन् ।

नेपाल बहुसांस्कृतिक विशेषतासहित सुदृढ सामाजिक एकता कायम मुलुक भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले बहुमूल्य सम्पदाको रूपमा रहेका चाडपर्व र संस्कृतिको संरक्षण सबैको साझा दायित्व भएको स्मरण पनि गराएकी छन् ।

‘बहुमूल्य सम्पदाको रूपमा हाम्रा विभिन्न चाडपर्व र संस्कृति रहेका छन् । तिनको संरक्षण सबैको साझा दायित्व हो’, राष्ट्रपतिले सन्देशमा भनेकी छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्