ओली सरकारलाई चुनौती दिदै देशभरका सबै स्थानीय तहको सर्भर ह्याक

Machchapuchchre

काठमाडौं । सरकारलाई नै चुनौती दिदै देशभरका ७ सय ५३ वटै स्थानीय तहको सर्भर ह्याक भएको छ । सर्भर ह्याक हुँदा लेखा प्रणाली नष्ट भएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार बिहीबार रातिबाट सर्भर ह्याक भएको हो । तर स्थानीय तहले भने मंसिरको दोस्रो सातादेखि सर्भर बिग्रीएको बताएका छन् ।

सर्भरले काम नगरेको बारे सबै स्थानीय तहले सरकारलाई जानकारी गराइसकेका छन् । महालेखा नियन्त्रकको कार्यालयको नियन्त्रणमा रहेको सफ्टवेयर सबनेसनल ट्रेजरी रेगुलेटरी एप्लिकेसन ‘सुत्र’को गडबडी बारे प्रहरीले अनुसन्धान गर्न सुरु गरको छ । अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई पनि पत्र पठाइ सकेको महालेखाले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्