ट्रम्प महाभियोगः युक्रेनलाई दिइने सहयोग रोक्न निर्देशन दिइएको खुलासा

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत जुलाइमा आफ्ना युक्रेनी समकक्षीसँग टेलिफोन वार्ता गरेको मात्र ९१ मिनेटपछि ह्वाइट हाउसले युक्रेनलाई दिइने सहायता रोक्का गर्न भनेको एउटा इमेलबाट खुलासा भएको छ। टेलिफोन वार्तामा ट्रम्पले आफ्ना डेमोक्र्याटिक प्रतिद्वन्द्वी जो बाइडेनविरुद्ध अनुसन्धान गर्न युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई आग्रह गरेका थिए। डोमोक्र्याटहरू भन्छन्: राष्ट्रपति ट्रम्पले पदको दुरुपयोग गरेको कुरा त्यसले देखाउँछ। त्यो महत्त्वपूर्ण […]

सकियो नेकपाको स्थायी कमिटी बैठक, एमसीसीबारे सचिवालयले निर्णय गर्ने

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले सचिवालय सदस्य वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्तावलाई पारित गरेको छ। साउन २१ गतेको सचिवालय बैठकले गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको थियो। महासचिव विष्णु पौडेलले विधान संशोधनका लागि गरेको प्रस्ताव स्थायी कमिटीको आइतबारको बैठकले पारित गरेपछि अब केन्द्रीय कमिटीमा यो एजेन्डाबारे थप छलफल हुनेछ। नेकपाले पुस २३ गते केन्द्रीय कमिटी बैठक […]

नेपालीका लागि हङकङमा ट्रान्जिट भिषाको व्यवस्था मिलाउ : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले नेपालीहरुका लागि हङकङमा ट्रान्जिट भिषाको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणसहितको टोलीले आइतबार परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई ज्ञापन पत्र बुझाउँदै यस्तो ध्यानाकर्षण गराएको हो । नेपालीलाई हङकङमा ट्रान्जिट भिषाको व्यवस्था नहुँदा मकाउमा रोजगारीका लागि पुग्ने युवाहरुले कठिनाइ भोग्नु परेको भन्दै कांग्रेसले त्यसको व्यवस्था मिलाउन सरकारसँग […]

नेकपा स्थायी समिति बैठक आज पनि बस्दै, एमसीसीबारे निर्णय हुने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक आज (आइतबार) बस्दैछ । ११ बजेपछि बस्ने बैठकले अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्तरुपमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पारित गर्नेछ । ६ दिनदेखि जारी स्थायी कमिटीको बैठकमा छलफल बाँकी रहेकाले राजनीतिक प्रतिवेदन र महासचिव विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधन […]

स्थायी समिति बैठक रोकेर नेकपाको सचिवालय बैठक

काठमाडौं–सत्तारुढ दल नेकपाको जारी स्थायी समिति बैठक केहीबेरका लागि स्थगित गरेर सचिवालय बैठक बसेको छ । सचिवालय बैठक बस्नका लागि केहीबेर बैठक स्थगित गरिएको महासचिव विष्णु पौडेलले जानकारी दिए । बैठकमा विधान संशोधन र समसामयिक राजनीतिका विषयमा महासचिव पौडेलले धारणा राखेपछि बैठक स्थगित भएको थियो । २९ मंसिरबाट सुरु बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको […]

उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिदै, नेकपबाट को बन्दैछ नयाँ सभामुख ?

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङले उपसभामुख तुम्बाहाम्फेले अबको केही दिनमा पदबाट राजीनामा दिने बताएका छन् ।शुक्रबार नयाँ बानेश्वरमा बसेको नेकपाको संसदीय दलको बैठकमा उपनेता नेम्वाङले सत्तारुढ सांसदहरुलाई यस्तो संकेत गरेका हुन् । सभामुख र उपसभामुख एउटै दलबाट हुन नमिल्ने संविधानको प्रावधान अनुसार सभामुखको निर्वाचनअगावै उपसभामुखको राजीनामा […]

प्रधानमन्त्री बोरिसको प्रस्ताव संसदबाट पारित भएसँगै बेलायत युरोपियन युनियनबाट बाहिरिने

काठमाडौं । बेलायत सन् २०२० को जनवरी ३१ देखि युरोपियन युनियनबाट बाहिरिने भएको छ । युरोपियन युनियनबाट बाहिरिने गरी बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले संसदमा राखेको प्रस्ताव पारित भएसँगै बेलायत अब युरोपियन युनियनबाट बाहिरिने पक्का भएको हो । जनवरी ३१ मा इयूबाट बाहिरिने प्रस्तावको पक्षमा ३५८ सांसदले मत दिएका थिए । त्यसको विपक्षमा २३४ सांसदको मत […]

नेकपाको स्थायी समिति बैठक आज पनि जारी रहने

काठमाडौँ । मंसिर २९ र ३० गरी दुई दिनमै सक्ने भनिएको नेकपाको स्थायी समिति बैठक अझै जारी छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलले आफ्ना प्रस्तावमाथि उठेका प्रश्नहरुको जवाफ दिएपछि सम्भवत: बैठक शनिबार सकिनेछ । दुवै अध्यक्षका तर्फबाट कार्यकारी भूमिकामा रहेका अध्यक्ष दाहालले पेस गरेको राजनीतिक प्रतिवेदन र महासचिव पौडेलले पेस गरेको […]

सभामुख चयन प्रक्रिया पुस ११ गतेबाट सुरु हुने

काठमाडौँ । प्रतिनिधिसभाको सभामुख चयन प्रक्रिया पुस ११ गतेबाट सुरु हुने भएको छ । संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रतिनिधिसभाको अर्को बैठक पुस ११ गते एक बजे बस्ने दलहरुबीच सहमति बनेको छ । बीचमा क्रिसमस पर्ने र सभामुख चयन प्रक्रिया सुरु गर्न निर्वाचन समिति बनाउनु पर्ने भएकाले ११ गतेसम्म बैठक सारिएकाे हाे। त्यही बैठकबाट सभामुख चयन […]

संसदको पाँचौं अधिवेशन आजबाट, प्रतिनिधिसभाको अध्यक्षता उपसभामुखले गर्ने

काठमाडौं । संसदको पाँचौं अधिवेशन शुक्रबारबाट सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा संसदको पाँचौं अधिवेशन आजबाट सुरु हुन लागेको हो । शुक्रबार अपराह्न ४ बजे दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को बैठक बस्ने संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभा बैठकको अध्यक्षता उपसभामुख शिवमाया तुम्बाहाम्फेले गर्नेछिन् । महिलामाथि यौन दुव्र्यवहार गरेको आरोपपछि कृष्णबहादुर महराले सभामुखबाट राजीनामा […]