यस्ता छन मन्त्रिपरिषद् बैठकका २१ निर्णय, हेर्नुहोस् सूचीसहित

काठमाडौं । सरकारले सीमा क्षेत्रमा थप ११४ ओटा बीओपी (बोर्डर आउट पोस्ट) स्थापना गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को गएको सोमबार (मंसिर ३० गते) बसेको बैठकले सशस्त्र प्रहरी बलअन्तर्गत् ती बीओपी स्थापना गर्ने निर्णय गरेको हो । बैठकले नेपाल सरकारका दुईजना सचिवको सरुवा गरेको छ । जसअनुसार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुखसचिव नारायणप्रसाद […]

भारतसँगको सीमा विवाद र एमसिसीको विषयबारे कांग्रेसले संसदमा आवाज उठाउने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भोलि बस्ने संसद बैठकमा सरकारले नियमविपरीत गरेका निर्णयविरूद्ध आवाज उठाउने भएको छ। बिहीबार सिंहदरबारमा बसेको बैठकमा कांग्रेसले भारतसँगको सीमा विवाददेखि एमसिसीको विषयमा भोलि बस्ने संसदको बैठकमा सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरेको हो। कांग्रेसले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पोरेसनबीच भएको अनुदान सहायता सम्झौता (एमसिसी) लाई […]

उच्च अदालतले जिल्लाको आदेश सदर गरेपछि महरा थुनामै रहने

काठमाडौं । उच्च अदालत पाटनले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बलात्कारको प्रयास गरेको आरोपमा पुर्पक्ष थुनामै राखेर मुद्दाको सुनुवाई गर्नुपर्ने आदेश जारी गरेको छ । विहीवार मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकबहादुर कुँवरको इजलासले जिल्ला अदालत काठमाडौंको आदेशलाई सदर गरेको हो । संसद सचिवालयमा कार्यरत कर्मचारीलाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोपमा पुर्पक्षका लागि थुनामा […]

क्रान्तिकारी पत्रकार सङ्गठनको बैठक सम्पन्न, संगठन सुदृढ तथा शुद्धिकरण अभियान चलाउने निर्णय

काठमाडौं । क्रान्तिकारी पत्रकार संगठन, नेपालको केन्द्रीय समिति बैठक सम्पन्न भएको छ । सोमबारदेखि बुधबारसम्म काठमाडौंमा बसेको बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र मानव अधिकारका पक्षमा शसक्त आवाज उठाउने, सरकारले तोकेको न्युनतम पारिश्रमिक उपलब्ध गराए नगराएबारे मिडिया हाउसहरुमा अनुगमन गर्ने, श्रमजीवी पत्रकारहरुका हकहितको बिषयमा संघर्षका कार्यक्रमहरु संचालन गर्ने, साथै देशव्यापी संगठन सुदृढ तथा शुद्धिकरण अभियान […]

राष्ट्रिष्य सभाको निर्वाचन माघ ९ गते, पुस २० गते उम्मेदवारी दर्ता, यस्तो छ तालिका

काठमाडौं । राष्ट्रियसभाको निर्वाचन आगामी माघ ९ गते हुने भएको छ । कुल ५९ जना राष्ट्रियसभाका सदस्यको एक तिहाई अर्थात १९ सदस्यको निर्वाचन हुन लागेको हो । जसमा १८ निर्वाचित हुनेछन् भने एकजना सरकारको सिफासिरमा राष्ट्रपतिले मनोनयन गर्नेछन् । निर्वाचन आयोगले बुधबार राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । त्यसको लागि आवश्यक प्रक्रिया अगाडि […]

राष्ट्रिय सभा सदस्यको चुनावमा एक अर्कालाई सघाउने राजपा र नेकपाबीच सहमति

काठमाडौं । प्रदेश २ मा आगामी माघ ९ गते हुने राष्ट्रियसभा चुनावमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपालबीच सहकार्य हुने भएको छ । रिक्त रहेका राष्ट्रिय सभा सदस्याका लागि आउँदो माघ ९ गते हुने चुनावमा प्रदेश दुईमा दुई पार्टीले सहकार्य गर्ने भएका हुन् । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र […]

सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : सीमा विवादमा अदालतले आदेश जारी गर्नुपर्दैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिवद्ध रहेको भन्दै अदालतबाट कुनै आदेश दिनुनपर्ने बताएका छन् । कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका नेपाली भूभाग फिर्ता ल्याउन माग गर्दै सर्वोच्च अदालतमा अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले दायर गरेको रिटमा लिखित जवाफ पठाउँदै प्रधानमन्त्री ओलीले सरकारले निरन्तर कूटनीतिक पहल गरिरहेको बताएका छन् । ‘नेपालको […]

मतदानको अघिल्लो दिन अमेरिकी राष्ट्रपति ट्रम्पले लेखे ६ पृष्ठ लामो आक्रोशपूर्ण पत्र, के छ पत्रमा ?

काठमाडौं ।  अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूविरुद्धको महाभियोगको प्रक्रियालाई डेमोक्र्याटहरुले गरेको ‘कु’को प्रयास भनेका छन्। ती डेमोक्र्याटहरुले अमेरिकी प्रजातन्त्रमाथि युद्धको घोषणा गरेको आरोप पनि ट्रम्पले लगाए। डेमोक्र्याटिक वरिष्ठ नेता तथा तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख रहेकी न्यान्सी पेलोसीलाई लेखिएको ६ पृष्ठ लामो आक्रोशपूर्ण पत्रमा ट्रम्पले आफूलाई गरिएको व्यवहार १७औँ शताब्दीमा जादुटुना गर्नेलाई गरेजस्तो भएको […]

राष्ट्रियसभा सदस्यको उम्मेदवारी दर्ता पुस २० गते

काठमाडौं । राष्ट्रियसभा सदस्यका लागि पुस २० गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार पुस १७ गते मतदाता नामावली प्रकाशन गरिनेछ । ७५३ स्थानीय तहका प्रमुख र उपप्रमुख तथा ५५० प्रदेशसभा सदस्य राष्ट्रियसभा सदस्य निर्वाचनको मतदाता रहनेछन् । उनीहरुको मतभार भने फरकफरक हुन्छ । स्थानीय तहका पदाधिकारीले दिने मतको […]

देशद्रोहको अभियोगमा पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई मृत्युदण्डको फैसला

काठमाडौं । पाकिस्तानको एउटा विशेष अदालतले भूतपूर्व सैन्य शासक परवेज मुशर्रफलाई देशद्रोहको अभियोगमा मृत्युदण्डको सजाय सुनाएको छ। बीसीसी उर्दूका अनुसार उच्च अदातलका इस्लामाबादस्थित अदालतका मुख्य न्यायाधीश पनि भएको तीनसदस्यीय इजलासले मङ्गलवार मुशर्रफलाई संविधानको अवहेलना तथा गम्भीर देशद्रोहको मुद्दामा दोषी ठहर गर्दै उनको अनुपस्थितिमा नै मृत्युदण्डको सजाय सुनाएको हो। उनलाई सन् २००७ नोभेम्बर ३ मा सङ्कटकाल घोषणा गरेकोमा […]