आज पुस १ गते, नेपाली काँग्रेसले ‘कालाे दिवस’का रुपमा मनाउदै

काठमाडौं । प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरेको विरोधमा आज कालो दिवस मनाइँदैछ । २०१७ साल पुस १ गते पहिलो निर्वाचित प्रधानमन्त्री बीपी कोइराला लगायतका नेतालाई सेनाको बलमा बन्दी बनाइ तत्कालीन राजा महेन्द्रले पञ्चायत शासन व्यवस्था सुरुवात गरेका थिए । नेपाल तरुण दलको कार्यक्रममा सहभागी भएका बेला बीपी लगायतका नेतालाई पक्राउ […]

काँग्रेसद्वारा कलाकारद्वय भट्टराई र क्षेत्रीको निधनप्रति दुःख व्यक्त

काठमाडौं- नेपाली काँग्रेसले चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र वरिष्ठ अभिनेता दीपक क्षेत्रीको निधनप्रति दुःख व्यक्त गरेको छ । काँग्रेसले आज एक विज्ञप्तिमार्फत कलाकारद्वयको निधनप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत भट्टराई र क्षेत्रीले नेपाली चलचित्र क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनु भएको बताउँदै […]

प्रचण्डकाे प्रतिवेदनमा आजबाट स्थायी कमिटीमा छलफल हुने

काठमाडौं, ३० मंसिर । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा आजबाट राजनीतिक प्रतिवेदनमाथि छलफल हुदैछ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको प्रतिवेदनमाथि आजबाट स्थायी समिति सदस्यहरुले धारणा राख्ने भएका हुन् । सदस्यहरुले धारणा राख्ने क्रम सकिएपछि अध्यक्षद्वय केपीशर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यतालिका छ । पार्टी कार्यालय धुम्वाराहीमा आइतबार […]

राजपाले तदर्थ समितिको म्याद पुस १५ सम्म थप्यो

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पार्टीको एकता महाधिवेशन नहुन्जेलका लागि बनाइएका विभिन्न तदर्थ समितिको समयावधि थप गरेको छ । राजपाको अध्यक्ष मण्डलको पार्टी कार्यालय बबरमहलमा बसेको बैठकले वडा तदर्थ समिति, पालिका तदर्थ समिति, क्षेत्रीय तदर्थ समिति र जिल्ला तदर्थ समिति गठन गर्न आगामी पुस १५ गतेसम्मका लागि म्याद थप गर्ने निर्णय गरेको छ । […]

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई निधन भएको छ। भट्टराईको आइतबार राती १० बजेर २० मिनेटमा निधन भएको हो। उनको स्वास्थ्यमा अचानक समस्या आएपछि उनलाई उपचारका लागि ओम अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याइएका उनलाई तत्काले मृत घोषणा गरिएको थियो। उनको अचानक मृत्यु के कारणले भयो भन्ने बारेमा केही खुलेको छैन। ५४ वर्षिय भट्टराई […]

सत्तारुढ नेकपाको सचिवाल बैठक सकियो, स्थायी कमिटीका लागि पाँच एजेण्डा तय

काठमाडौं । स्थायी कमिटी बैठकको एजेण्डा तय गर्न बसेको सत्तारुढ दल नेकपाको सचिवाल बैठक सकिएको छ । आइतवार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आजै दिउँसो बस्ने स्थायी कमिटी बैठकका लागि पाँच वटा एजेण्डा तय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘प्रचण्डले पेश गर्ने राजनीतिक प्रतिवेदन, विधान संशोधन, केन्द्रीय कमिटीको अर्को बैठक, नेपाल […]

एकाबिहानै सिन्धुपाल्चोकमा बस दुर्घटना, १२ जनाको घटनास्थलमै मृत्यु

सिन्धुपाल्चोक । दोलखाको कालिन्चोक भगवतीको दर्शन गरेर फर्किदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । बा २ ख ४४६८ नम्बरको बस लामोसाघु– जिरी सडकखण्डको पाँच किलो भन्ने ठाउँमा दुर्घटना भएको हो । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्वारा भन्ने ठाउँमा बस दुर्घटना भएको हो । घटनास्थलमा रहेका प्रहरीले अहिलेसम्म १२ शव भेटिएको बताए। […]

नेकपा सचिवालय र स्थायी कमिटी आज बस्दै

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति र सचिवालय बैठक आज (आइतबार) बस्दै छ । पार्टी विधानअनुसार स्थायी समिति बैठक तीन–तीन महिनामा बस्नुपर्ने भए पनि करिब एक वर्षपछि बस्न लागेको हो । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कार्यकारी अधिकार प्राप्त गरेसँगै पार्टीका गतिविधिहरुले पुनः गति पाएको हो । यसअघि पार्टीका हरेक निर्णय सचिवालयले […]

नेकपा उपत्यका विशेष कमिटीको नाम टुंगियो, एमाले र माओवादीबाट कति-कति जना परे ?

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले काठमाडौं उपत्यकामा १५१ सदस्यीय विशेष प्रदेश कमिटी गठन गरेको छ । पूर्व एमालेबाट ८५ र पूर्व माओवादीबाट ६६ जना रहेको १५१ सदस्यीय किमिटीको नामावली शनिबार पार्टी महासचिव विष्णु पौडेललाई बुझाइएको छ । सूची बुझाउँदै उपत्यका विशेष प्रदेश कमिटी अध्यक्ष राजन भट्टराईले सामाजिक सञ्जालमा भनेका छन्, ‘नेकपा उपत्यका […]

धनुषा बम विस्फोटमा मृतकको संख्या ३ पुग्यो, घाइते इन्स्पेक्टर दाहालको पनि मृत्यु

जनकपुर । धनुषाको महेन्द्रनगरमा बम विस्फोट हुँदा घाइते प्रहरी निरीक्षकको मृत्यु भएको छ । क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर शुक्रबार मध्यराति भएको बम विस्फोटमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिर दाहाल सख्त घाइते भएका थिए । प्रहरी निरीक्षक दाहालको उपचारको क्रममा धरानमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी प्रदीप कणेलले बताए। बम विस्फोटमा स्थानीय ४६ वर्षीय राजेश्वर साह […]