नेकपा उपत्यका विशेष कमिटीको नाम टुंगियो, एमाले र माओवादीबाट कति-कति जना परे ?

Machchapuchchre Bank

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले काठमाडौं उपत्यकामा १५१ सदस्यीय विशेष प्रदेश कमिटी गठन गरेको छ । पूर्व एमालेबाट ८५ र पूर्व माओवादीबाट ६६ जना रहेको १५१ सदस्यीय किमिटीको नामावली शनिबार पार्टी महासचिव विष्णु पौडेललाई बुझाइएको छ ।

सूची बुझाउँदै उपत्यका विशेष प्रदेश कमिटी अध्यक्ष राजन भट्टराईले सामाजिक सञ्जालमा भनेका छन्, ‘नेकपा उपत्यका विशेष प्रदेश कमिटी गठनका लागि पार्टी केन्द्रले दिएको जिम्मेवारी बमोजिम इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवका तर्फबाट सर्वसम्मत तयार गरिएको हो।’

भट्टराईले साबिक एमालेका तर्फबाट ८५ र साबिक मओवादीका तर्फबाट ६६ गरि जम्मा १५१ सदस्यीय कमिटीको नामवाली आज पार्टी महासचिव विष्णु पौडेललाई केन्द्रीय कर्यालयमा हस्तान्तरण गरिएको बताए। उपत्यका विशेष कमिटी इन्चार्ज लिलामणि पोखरेल छन् भने सहइन्चार्ज भानुभक्त ढकाल र अरुण नेपाल तथा अध्यक्ष राजन भट्टराई छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्