प्रचण्डकाे प्रतिवेदनमा आजबाट स्थायी कमिटीमा छलफल हुने

Machchapuchchre

काठमाडौं, ३० मंसिर । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा आजबाट राजनीतिक प्रतिवेदनमाथि छलफल हुदैछ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको प्रतिवेदनमाथि आजबाट स्थायी समिति सदस्यहरुले धारणा राख्ने भएका हुन् ।

सदस्यहरुले धारणा राख्ने क्रम सकिएपछि अध्यक्षद्वय केपीशर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यतालिका छ । पार्टी कार्यालय धुम्वाराहीमा आइतबार बसेको बैठकमा अध्यक्षद्वयका तर्फबाट प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका थिए भने महासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए ।

बैठकमा छलफलका लागि राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, केन्द्रीय कमिटीको आगामी बैठक, नेपाल–भारत सीमा समस्याको समाधान र विविध गरि पाँचवटा एजेन्डा तय गरिएको थियो । आइतबारको बैठकले पाँच वटै विषयलाई स्वीकार गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्