महेन्द्रनगर बजारनजिकै शक्तिशाली विष्फोट, दुई जनाको मृत्यु, प्रहरी निरीक्षक सहित ४ घाइते

जनकपुरधाम । धनुषाको छिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बजार नजिक शक्तिशाली बम विष्फोट हुँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । घटनामा प्रहरी निरीक्षकसहित चार जना घाइते भएका छन् । महेन्द्रनगर बजारबाट उत्तरपूर्वतर्फ पर्ने कुचाइ टोलमा राजेश साहको घर बाहिरको पोलमा राखिएको गएराति सवा १२ बजेतिर बम विष्फोट भएको हो । सो विष्फोटबाट अन्दाजी ४५ वर्षीय […]

मुस्लिम समुदायलाई झस्काउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तीन काम

भारतको संसद्‍ले तीन छिमेकी मुलुकहरू – पाकिस्तान, बाङ्लादेश र अफगानिस्तानबाट आएका गैरमुस्लिम अवैध आप्रवासीहरूलाई माफी दिलाउने विवादास्पद कानुन पारित गरेको छ। अधिकारकर्मीहरू भन्छन् लोकप्रिय नेता नरेन्द्र मोदीको नेतृत्वमा रहेको दक्षिणपन्थी हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी भाजपाले लिएका शृङ्खलाबद्ध निर्णयहरूमध्ये यो पछिल्लो हो। सन् २०१४ देखि मोदी सत्तामा छन् र यसै वर्षको सुरुमा भएको आमनिर्वाचनमार्फत् उनले […]

सीमा विवादबारे सांसदबीच नै चर्काचर्की, कसले के भने ?

काठमाडौं । शुक्रबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सीमा समस्याबारे छलफल हुँदै थियो । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद भीम रावल र समाजवादी पार्टीकी सरिताकुमारी गिरीबीच सीमा समस्या बहसबारे देशभित्र र देश बाहिर उठेका प्रसंगलाई लिएर केहीबेर चर्काचर्की पर्यो । सरिता गिरी : वि.सं. १८१६ को सुगौली सन्धी १९५० को सन्धीले यसअघिको […]

बेलायतमा कन्जरभेटिभ पार्टीलाई बहुमत, ब्रेक्जिट सम्झौतालाई जनताको अनुमोदन

लन्डन । बेलायतमा प्रधानमन्त्री बोरिस जोनसनको पार्टी कन्जरभेटिभ्सले बिहीबार सम्पन्न संसद निर्वाचनमा बहुमत ल्याएको छ । विजयपछि मतदाताहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री जोनसनले सरकारलाई अर्को महिना बेलायतलाई युरोपेली संघ ( ईयू)बाट बाहिर निकाल्न ‘शक्तिशाली नयाँ जनादेश’ प्राप्त भएकामा खुशी व्यक्त गरे । उनले अब तोकिएकै मिति जनवरी ३१ मा बेलायत इयूबाट बाहिरिने बताए।प्रधानमन्त्री जोनसनको दल कन्जरभेटिभ्स […]

मन्त्री अर्याल भन्छिन – लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गर्छौं

काठमाडौं । भूमिव्यवस्थामन्त्री पद्मा अर्यालले लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गर्ने पहल भइरहेको बताएकी छन् । संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा मन्त्री अर्यालले नेपालको अहिलेको नक्सामा लिम्पियाधुरा नसमेटिएको स्वीकार गरेकी हुन् । अहिलेसम्म प्राप्ततथ्य तथ्यांकले लिम्पियाधुरा नेपालकै हो भएको देखाएका समेत उनले बताइन् । उनले भनिन्, ‘सरकारले एउटा सन्दर्भ पारेर प्रकाशित गर्छ । यसका लागि […]

कामचोर प्रवृत्ति नदेखाउन कर्मचारीलाई श्रममन्त्री यादवको चेतावनी

सर्लाही । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले जनअपेक्षा अनुरुप काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । जिल्ला समन्वय समिति सर्लाहीमा बिहीबार साँझ कार्यालय प्रमुखहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले कुनै पनि बहानामा ढिलासुस्ती नगर्न तथा कामचोर प्रवृत्ति नदेखाउन चेतावनी समेत दिए । ‘नेपाल सरकारले अहिले कर्मचारी र जनप्रतिनिधिको कामको मूल्याङ्कन गर्दैछ’, उनले भने, ‘नेपाल सरकारको […]

राष्ट्रियसभाको निर्वाचन आगामी माघ ९ गते हुने

काठमाडौं । राष्ट्रियसभाको निर्वाचन आगामी माघ ९ गते हुने भएको छ । बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कुटाले माघ ९ गते निर्वाचन गर्ने निर्णय गरेको जानकारी दिएका हुन् । राष्ट्रियसभाका नेकपाका ८, कांग्रेसका ७ र राजपाका २, समाजवादीका एकजना र सरकारबाट मनोनित एकजना गरी १९ सांसदको दुईवर्षे कार्यकाल फागुन […]

राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्ने समय १० दिन

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनार्थ राजनीतिक दल दर्ता गर्न १० दिनको समय दिएको छ । राष्ट्रियसभाका १८ सदस्यको निर्वाचन ९ मंसिरमा गर्ने निर्णय सरकारले गरेपछि आयोगले दल दर्ताको समय तोकेको हो । आयोगकी प्रवक्ता सहसचिव गिरिजा शर्माले संविधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दल दर्ताको […]

लोक सेवाका कर्मचारी सरुवा गर्दा पूर्वसहमति लिने व्यवस्था हटाइयो

काठमाडौं । लोक सेवा आयोगका कर्मचारीहरुलाई पूर्वसहमति नलिई सरुवा गर्न नपाउने व्यवस्था राज्य व्यवस्था समितिले हटाइदिएको छ । लोक सेवा आयोग ऐनमा ‘आयोगमा कार्यरत कर्मचारीलाई नेपाल सरकारले अन्य कार्यालयमा सरुवा गर्दा आयोगको सहमति लिनु पर्ने,’ व्यवस्था छ । बिहीबारको राज्य व्यवस्था समितिको बैठकले लोक सेवा आयोगमा रहेका कर्मचारीलाई सरुवा गर्दा सहमति लिनुपर्ने मौजुदा कानुनको दफा ६ […]

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै, उपनिर्वाचनको समीक्षा हुने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज (बिहीबार) बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बस्ने बैठकमा विभिन्न ६ विषयमा छलफल हुने कांग्रेसले जनाएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा भर्खरै सम्पन्न उपनिर्वाचन र उपनिर्वाचनबाट प्राप्त परिणामका विषयमा छलफल गर्ने एजेन्डा रहेको कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिए । त्यस्तै बैठकमा केन्द्रीय […]