राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्ने समय १० दिन

Machchapuchchre

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनार्थ राजनीतिक दल दर्ता गर्न १० दिनको समय दिएको छ । राष्ट्रियसभाका १८ सदस्यको निर्वाचन ९ मंसिरमा गर्ने निर्णय सरकारले गरेपछि आयोगले दल दर्ताको समय तोकेको हो ।

आयोगकी प्रवक्ता सहसचिव गिरिजा शर्माले संविधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दल दर्ताको लागि मंसिर २७ गते देखि पुष ६ गते सम्म १० दिन समय तोकिएको जानकारी दिइन । शर्माद्वारा जारी विज्ञप्तिमा १० दिनको अवधिमा कार्यालय समय भित्र आयोगको काठमाडौं कान्तिपथस्थित, बहादुर भवनमा राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निवेदन दिन आव्हान गरिएको छ ।

आयोगले दल दर्ताको निवेदन पेश गर्दा संविधानको धारा २६९ को उपधारा (४) बमोजिमका शर्तहरु पूरा गर्नुपर्ने उल्लेख गरेको छ ।
निवेदनको ढाँचा आयोगको वेब साइटमासमेत हेर्न सकिने शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्