कांग्रेसका विभाग ४७ पुर्‍याउने देउवाको प्रस्ताव

Machchapuchchre

काठमाडौँ । कांग्रेस केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय विभाग २८ बाट बढाएर ४७ पुर्‍याउने प्रस्ताव प्रस्तुत गरेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु बैठकमा देउवाले १७ वटा विभाग थप्ने प्रस्ताव गरेका हुन्। देउवाद्वारा प्रस्तुत प्रस्तावमा केन्द्रीय विभागको संरचनात्मक र संख्यात्मक परिमार्जन गर्न आवश्यक रहेको उल्लेख छ।

देउवाको यो प्रस्तावमा रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले असहमति जनाएको छ। प्रस्तावमा असहमत भएकैले आफूहरुले बैठक बहिस्कार गरेको केन्द्रीय सदस्य हृदयराम थानीले बताए। बैठकमा देउवाले प्रस्तुत गरेका ९ वटा एजेन्डामध्ये एक तरुण दलको म्याद थपसम्बन्धि छ। तरुण दलको केन्द्रीय समितिले आफ्नो म्याद ६ महिना थप गर्ने निर्णय गरेकोले त्यो प्रस्ताव पारित गर्न पनि देउवाले पेश गरेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्