सत्तारुढ नेकपाको सचिवाल बैठक सकियो, स्थायी कमिटीका लागि पाँच एजेण्डा तय

Machchapuchchre

काठमाडौं । स्थायी कमिटी बैठकको एजेण्डा तय गर्न बसेको सत्तारुढ दल नेकपाको सचिवाल बैठक सकिएको छ । आइतवार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आजै दिउँसो बस्ने स्थायी कमिटी बैठकका लागि पाँच वटा एजेण्डा तय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

‘प्रचण्डले पेश गर्ने राजनीतिक प्रतिवेदन, विधान संशोधन, केन्द्रीय कमिटीको अर्को बैठक, नेपाल भारत सीमा समस्या र विविध भनेर बैठकका लागि पाँच वटा कार्यसूची तय भएको छ’ बैठकपछि प्रवक्ता श्रेष्ठले भने । सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीपनि केही बेर सहभागी भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

‘पार्टी अध्यक्ष ओली पनि केही समयका बैठकमा उपस्थित हुनु भएको थियो’ प्रवक्ता श्रेष्ठले भने,‘उहाँले स्वास्थ्यको बारेमा जानकारी गराउनु भयो । स्वास्थ्य अवस्था अत्यन्तै राम्रोसँग र तिव्रसँग लाभ भइरहेको उहाँले बताउनु भयो । बैठकले अध्यक्ष ज्यूको पूर्ण स्वास्थ्य लाभको कामना गर्‍यो ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्