चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन

Machchapuchchre

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई निधन भएको छ। भट्टराईको आइतबार राती १० बजेर २० मिनेटमा निधन भएको हो। उनको स्वास्थ्यमा अचानक समस्या आएपछि उनलाई उपचारका लागि ओम अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याइएका उनलाई तत्काले मृत घोषणा गरिएको थियो।

उनको अचानक मृत्यु के कारणले भयो भन्ने बारेमा केही खुलेको छैन। ५४ वर्षिय भट्टराई एक पत्नी र छोरा रहेका छन्। करिब ३ दशकदेखि अभिनय र सिनेमा निर्माणमा सक्रिय रहँदै आएका थिए। निर्माता तथा कलाकारसमेत रहेका भट्टराइले पछिल्लो पटक चलचित्र ‘यात्रा’ निर्माण गरेका थिए । उनले निर्माण गरेका थुप्रै चलचित्रले बक्स अफिसमा राम्रो व्यापारसमेत गरेका छन् ।

‘यात्रा’सहित उनले ‘आफ्नो मान्छे’, ‘छोडी गए पाप लाग्ला’, ‘देवर बाबु’, ‘कर्मयोद्दा’, ‘सो सिम्पल’, ‘ब्रासलेट’ लगायतका सिनेमा निर्माण गरेका थिए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्