एकाबिहानै सिन्धुपाल्चोकमा बस दुर्घटना, १२ जनाको घटनास्थलमै मृत्यु

Machchapuchchre

सिन्धुपाल्चोक । दोलखाको कालिन्चोक भगवतीको दर्शन गरेर फर्किदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । बा २ ख ४४६८ नम्बरको बस लामोसाघु– जिरी सडकखण्डको पाँच किलो भन्ने ठाउँमा दुर्घटना भएको हो । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्वारा भन्ने ठाउँमा बस दुर्घटना भएको हो ।

घटनास्थलमा रहेका प्रहरीले अहिलेसम्म १२ शव भेटिएको बताए। ‘अहिलेसम्म १२ वटा शव भेटिएको छ, अरु खोजी कार्य भइरहेको छ,’ घटनास्थलमा रहेका जिल्ला ट्राफिक प्रहरी राधेश्याम जंगमले भने। घटनाका विषयमा विस्तृत विवरण आउन बाँकी छ । बस सडकबाट ५ सय मिटर तल खसेको जनाइएको छ ।

प्रहरी र स्थानीय अहिले घाइते यात्रुको उद्धारमा जुटेका छन् । सिन्धुपाल्चोकमा एक महिनाको बीचमा भएको यो अर्को दुर्घटना हो । गत कात्तिकमा सुकुटेमा बस दुर्घटना हुँदा १७ जनाको ज्यान गएको थियो । त्यसअघि असोज २४ मा पनि बा २ ख २७१५ नम्बरको बस इन्द्रवाती गाउँपालिका १०, बडहरे झिल्के मोडमा दुर्घटना भएको थियो । जसमा दर्जन बढीको ज्यान गएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्