भारतसँगको सीमा विवाद र एमसिसीको विषयबारे कांग्रेसले संसदमा आवाज उठाउने

Machchapuchchre

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भोलि बस्ने संसद बैठकमा सरकारले नियमविपरीत गरेका निर्णयविरूद्ध आवाज उठाउने भएको छ। बिहीबार सिंहदरबारमा बसेको बैठकमा कांग्रेसले भारतसँगको सीमा विवाददेखि एमसिसीको विषयमा भोलि बस्ने संसदको बैठकमा सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरेको हो।

कांग्रेसले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पोरेसनबीच भएको अनुदान सहायता सम्झौता (एमसिसी) लाई यथाशीघ्र सदनबाट पारित गर्दै कार्यान्वयनमा लैजान सरकारसँग माग गर्ने बताएको छ। हाल सत्तारूढ दल नेकपा दलका नेताहरूबीच यस विषयमा विवाद चलिरहेको छ।

कांग्रेसको पालामा सो सम्झौता भएकोले कार्यान्वयनमा ल्याउनु पर्ने कांग्रेसको माग छ। त्यस्तै, कांग्रेसले भारतसँग सीमा विवाद विषयबारे पनि संसद प्रधानमन्त्रीसँग जवाफ माग्ने बताएको छ।

यसैगरी, संविधानविपरीत विधेयकबारे पनि कांग्रेसले संसदमा आवाज उठाउने भएको छ। कांग्रेसले विश्वविद्यालयको प्राज्ञीक स्वायत्ततामाथि हस्तक्षेप नगर्न सरकारसँग माग गरेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्