राजपासँगको सहमतिमा नेकपाका शीर्ष नेताको आपत्ति

Machchapuchchre

काठमाडौँ । बुधबार साँझ राजपासँग भएको दुई सहमतिलाई लिएर नेकपाभित्रै खैलाबैला सुरु भएको छ । पार्टीको स्थायी समिति बैठकमा नेताहरुले के प्रयोजनका लागि राजपासँग अचानक सहमति गरेको भनेर प्रश्न उठाएका छन् ।

राजपासँग भएको सहमतिप्रति नेता माधवकुमार नेपाल, वामदेव गौतम, घनश्याम भुसाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रघुजी पन्त र भीम रावललगायतका नेताहरुले असन्तुष्टि राखेका थिए।

‘विधि–पद्धति मिचियो भनेर आत्मआलोचना पनि गर्ने र पार्टीभित्र छलफल नै नगरी सहमति गर्ने यो कस्तो तरिका हो’ नेता नेपालको भनाइ थियो। नेपालले सहमति प्रक्रियामा गम्भीर गल्ती भएको बताए।

पार्टीको महत्वपूर्ण बैठक बसेको बेला मनपरी निर्णय किन गरेको भनेर नेता गौतमले आपत्ति जनाएका थिए। बैठकमा पहिला नै आफ्नो धारणा राखेका गौतमले बिहीबार राजपासँग भएको सहमतिबारे बोल्न समय मागेर धारणा राखेका थिए। ‘रातारात सहमति गर्ने तरिका पटक्कै ठीक भएन’ नेता गौतमको भनाई उद्धृत गर्दै एक सदस्यले भने।

बिहिबारको बैठकमा केही मिनेट समय मागेर बोलेका रावलले नेकपा–राजपाबीचको दुई बुँदे सहमतिमा आपत्ति जनाए। स्थायी समितिका ती सदस्यका अनुसार रावलले पार्टीको महत्वपूर्ण बैठक चलेकै बेला जानकारी नगराई राजपासँग सहमति गरेर पार्टी नेतृत्वले विधि र पद्धति मिचेको आरोप लगाए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्