सुनको मूल्य एकै दिनमा प्रति तोला ८ हजार ८०० रुपैयाँले घट्यो

Machchapuchchre Bank
Artharajniti  ~   काठमाडौं। सुनको मूल्य एकैदिन तोलामा ८ हजार ८ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार  सुनको कारोबार मूल्य प्रति तोला २ लाख ९७ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ। मंगलबार सुन तोलामा ५ सय रुपैयाँ घटेर प्रति तोला ३ लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। सोमबार सुन प्रति तोला ३ लाख ६ हजार ६ सय रुपैयाँ थियो। बुधबार चाँदीको मूल्य तोलामा १८५ रुपैयाँले घटेर प्रति तोला ४ हजार ५८० रुपैयाँमा आइपुगेको छ। मंगलबार चाँदी प्रति तोला ४ हजार ७६५ रुपैयाँ थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बुधबार प्रति औंस ४३११.४९ डलर छ। चाँदी प्रति औंस ६३.८६ डलर छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्