राजपा सरकारमा आउन चाहे एक/दुई जना राजीखुसी छोड्न तयार छौं – बास्कोटा

Machchapuchchre

काठमाडौं । सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले राष्ट्रिय जनता पार्टी (राजपा) सरकारमा आउन चाहे सरकारले एक/दुई जना राजीखुसी छोड्न तयार रहेको बताए।

‘राजपा पनि सरकारलाई समर्थन गरेको पार्टी हो। बीचमा यस्तो खाल्डाखुल्डी के परेको थियो मन यताउती भाँच्चिएको थियो, त्यो मिल्यो,’ मन्त्री बाँस्कोटाले भने। राजपासँगको सहमतिले के असर गर्छ भन्ने कुरा आफूले अनुमान गर्न नसक्ने भन्दै उनले सो कुरा राजनीतिक पण्डितलाई सोध्नुस् भन्दै व्यंग्य कसे।

उनले राजनीतिमा अनुमानको सीमा नरहे बताउँदै सरकारले कसैलाई पनि विपक्षी बनाउन नचाहेको स्पष्ट पारे। बुधबार सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा) बीच राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने सहमति भएको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्