उच्च अदालतले जिल्लाको आदेश सदर गरेपछि महरा थुनामै रहने

Machchapuchchre

काठमाडौं । उच्च अदालत पाटनले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बलात्कारको प्रयास गरेको आरोपमा पुर्पक्ष थुनामै राखेर मुद्दाको सुनुवाई गर्नुपर्ने आदेश जारी गरेको छ । विहीवार मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकबहादुर कुँवरको इजलासले जिल्ला अदालत काठमाडौंको आदेशलाई सदर गरेको हो ।

संसद सचिवालयमा कार्यरत कर्मचारीलाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका महरा उच्च अदालत पाटनको यो आदेशपछि थुनामै रहने भएका छन् । गत कार्तिक १८ गते जिल्ला अदालत काठमाडौं तत्काल प्राप्त प्रमाणका आधारमा कसुरमा संलग्न होइनन भन्नसक्ने अवस्था नरहेको भन्दै निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुर्पक्ष थुनामा पठाउने आदेश गरेको थियो ।

जिल्ला अदालतको आदेशपछि महरा डिल्लीबजार कारागारमा छन् । संसद सचिवालयमा कार्यरत एक कर्मचारीले आफूमाथि बलात्कारको प्रयास गरेको भन्दै महरा विरुद्ध उजुरी गरेकी थिइन् । उनलाई असोज १९ मा पक्राउ गरेको थियो भने झण्डै एक महिनाको अनुसन्धानपछि कार्तिक १४ गते जिल्ला अदालतमा मुद्दा दायर भएको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्