कृषि विकास बैंकले होमस्टे एशोसियसनमा आवद्ध एक हजार सञ्चालकलाई कर्जा दिने

Machchapuchchre

काठमाडौं । कृषि विकास बैंकले होमस्टे (घरवास) एशोसियसन नेपालमा आवद्ध रहेका करिब एक हजार होमस्टे सञ्चालकलाई परियोजना संचालन गर्न आवश्यक पर्ने कर्जा दिने भएको छ । बुधबार कृषि विकास बैंक र होमस्टे (घरबास) एशोसियसन नेपालबीच वित्तीय तथा सामाजिक र सामुदायिक सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएसँगै होमस्टे सञ्चालकहरूले उक्त सेवा सुविधा पाउने भएका हुन् ।

साथै, बैंकले एसोसियसनको सिफारिसमा स्थानिय कृषकहरुलाई आवश्यकता अनुसार बाख्रापालन, तरकारी खेती, स्थानिय कुखुरापालन, पशुपालन आदि जस्ता परियोजनामा सहुलियतपूर्ण कर्जा समेत दिने बैंकको कृषि कर्जा तथा एमएसएमई विभागका विभागीय प्रमुख बाबुकाजी थापाले बताएका छन् ।

थापाका अनुसार कर्जाका अतिरिक्त बैंकले उनीहरुलाई उद्यमशीलता विकासका लागि तालिम, वाली तथा पशु सुरक्षण कार्यक्रम, वित्तीय साक्षरता तथा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमरसहयोग समेत गर्नेछ । बुधबार भएको सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र होमस्टे (घरबास) एशोसियसन नेपालका अध्यक्ष केशव प्रसाद बडालले संयूक्त रुपमा हस्ताक्षर गरेका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले होमस्टे (घरबास) एशोसियसन नेपालसंग गरिएको यस प्रकारको सम्झौताले नेपालका ग्रामिण क्षेत्रहरुमा रहेका होमस्टेहरुको पहिचान, प्रवद्र्धन, बजारीकरण, स्थानिय स्तरमा रोजगारीको वृद्धि तथा ग्रामीण अर्थतन्त्रको विकासमा महत्वपुर्ण योगदान पुग्ने अपेक्षा गरेका छन् । यस सम्झौताले नेपाल सरकारले ल्याएको भ्रमण बर्ष २०२० को कार्यक्रम सफल पार्न महत्वपूर्ण योगदान पुग्नुका साथै समृद्ध नेपाल सुखी नेपालीको नारा सफल पार्न समेत सहयोग पुग्ने उनले बताएका छन् ।

उक्त अवसरमा होमस्टे (घरवास) एशोसियसन नेपालका अध्यक्ष केशव प्रसाद बडालले यस प्रकारको सम्झौताबाट दरुदराजमा रहेका होमस्टेहरुमा प्रकृति तथा स्थानिय संस्कृतिसंग रमाउन चाहने आन्तरिक तथा बाह्य पर्यटक वृद्धि भई स्थानिय रितिरिवाज, सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण, पर्यटन, जैविक विविधता, दुर्लभ बन्यजन्तु संरक्षण गर्न र दिगो जिविको पार्जनमा ठुलो सहयोग पुग्ने अपेक्षा गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्