स्थायी समिति बैठक रोकेर नेकपाको सचिवालय बैठक

Machchapuchchre

काठमाडौं–सत्तारुढ दल नेकपाको जारी स्थायी समिति बैठक केहीबेरका लागि स्थगित गरेर सचिवालय बैठक बसेको छ । सचिवालय बैठक बस्नका लागि केहीबेर बैठक स्थगित गरिएको महासचिव विष्णु पौडेलले जानकारी दिए । बैठकमा विधान संशोधन र समसामयिक राजनीतिका विषयमा महासचिव पौडेलले धारणा राखेपछि बैठक स्थगित भएको थियो ।

२९ मंसिरबाट सुरु बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि सदस्यहरुले धारणा राखिरहेका छन् । शनिबार प्रचण्डले प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ ।

अध्यक्ष दाहालले जवाफ दिनुअघि पार्टी सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको हो । ९ सदस्यीय सचिवालयमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबाहेक नेताहरु सहभागी भएका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्