नैकिताकताका आधारमा सरकारमा बसिरहन मिलेन भन्दै उपेन्द्र यादवद्वारा मन्त्रीबाट राजीनामा

काठमाडौं । सरकारबाट बाहिरिन निर्णय गरेको केही समयमै उपप्रधान एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र पठाएका छन् । मन्त्री यादवले आफैं उपस्थित नभएर ‘प्रतिनिधि’मार्फत प्रधानमन्त्री ओलीसमक्ष राजीनामा बुझाएका हुन् ।

समाजवादी पार्टीको मंगलबार बसेको पदाधिकारी बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । उपप्रधानमन्त्री यादवले नैतिकताको आधारले सरकारमा बहिरहन औचित्य नभएको हुँदा राजीनामा दिएको घोषणा गरेका छन् ।

संविधान संशोधनका सन्दर्भमा सरकार गठनका बेला २ बुँदै सहमति भएको स्मरण गराउँदै यादवले प्रधानमन्त्रीबाट उक्त सहमतिको पालना भएको पनि उल्लेख गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्