छाउगोठ हटाउन प्रशासनले दियो उर्दी, अटेरी गरे कारवाही हुने

डोटी । जिल्लामा भएका छाउगोठ हटाउन जिल्ला प्रशासन कार्यालयले उर्दी जारी गरेको छ । महिनावारी भएकी महिलालाई छाउगोठमा राख्नेलाई कारवाही गर्ने भन्दै प्रशासन कार्यालय ले यस्तो उर्दी जारी गरेको हो । जिल्लामा रहेका छाउगोठ हठाउन जिल्लाव्यापी अभियान चलाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्ला सदरमुकाम सिलगढीमा छाउगोठ नभए पनि अधिकांश ग्रामीण क्षेत्रमा अहिले पनि […]

अज्ञात समूहको आक्रमणमा परी यमनमा १७ जना सर्वसाधारणको मृत्यु

काठमाडौं । यमनको उत्तरी क्षेत्रमा अज्ञात समूहले आक्रमण गर्दा कम्तीका १७ जनाको ज्यान गएको छ । यमनको उत्तर क्षेत्रमा अवस्थित गभर्नरको कार्यालय रहेको सादा सहरमा भएको आक्रमणमा कम्तीमा १७ व्यक्तिको ज्यान गएको राष्ट्र संघले जनाएको छ । बिहीबार मृत्यु भएका १७ सर्वसाधारणमध्ये १२ जना इथियोपियाली आप्रबासी रहेका र पाँच जना यमनी नागरिक रहेको बताइएको छ । राष्ट्रसंघले […]

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदानस्थल तोकियो

काठमाडौं । आगामी माघ ९ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि मतदान स्थल तोकिएको छ । निर्वाचन आयोगले प्रदेश नं १ अन्तर्गत मोरङको विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह मतदानस्थल तोकेको छ । यो केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ९३ र स्थानीय तर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २८४ गरी जम्मा ३६७ जना मतदाता रहेका छन् । आयोगले एक […]

राजनीतिक तुष्टिकरणका कारण एमसीसी बहस भइरहेको छ – गोकुल बाँस्कोटा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले अमेरिकी सहायतासम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारेको बहस राजनीतिक तुष्टिकरणका कारण भइरहेको बताएका छन् । उनले एमसीसी इन्डो प्यासिफिक रणनीतिसँग सम्बन्धित नरहेको स्पष्ट पारे । २०१३ मै एमसीसीको कुरा शुरु भएको र इन्डोप्यासिफिकको कुरा २०१७ बाट आएको उनले बताए । मन्त्रिपरिषद्को बैठक सार्वजनिक […]

आफूलाई निक्कै बुझक्कड ठान्नेहरुले मानिस र जनावरको सम्बन्धमा दरार पैदा गर्न खोज्छन – प्रचण्ड

चितवन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हात्ती महोत्सवको विरोधप्रति असन्तुष्टि जनाएका छन् । बिहीबारदेखि सुरु भएको महोत्सवको उद्घाटन समारोहमा प्रचण्डले भने, ‘आजकाल कोहीकोही आफूलाई निक्कै बुझक्कड ठान्ने मानिसहरुले मानिस र जनावरको सम्बन्धमा दरार पैदा गर्न खोज्छन्, त्यो निकै दुखद पक्ष हो ।’ महोत्सवको तयारी गर्दा मानिसले वर्ष दिनभरी हात्तीलाई कसरी […]

कार्यकाल नसकिँदै गभर्नर हटाउन सहज हुने गरी ऐन संशोधन गर्ने तयारी

काठमाडौं । गभर्नरलाई सरकारले कार्यकाल नसकिँदै बर्खास्त गर्न सहज हुने गरी नेपाल राष्ट्र बैंकको ऐन संशोधनका लागि प्रस्ताव गरिएको छ । राष्ट्र बैंकका गभर्नरले काममा बिलम्ब गरे मन्त्रिपरिषदले हटाउन सक्ने प्रस्तावित विधेयकमा उल्लेख छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनाइएको विधयेकमा यस्तो प्रावधान राखिएको हो । अर्थमन्त्रालयले गत भदौ २५ गते […]

सभामुखको विषयमा ओली-प्रचण्डको आ-आफ्नै अडान, दुई अध्यक्षबीच कुरा मिलेन

काठमाडौं । पूर्वएमाले र पूर्वमाओवादीबीच सभामुख चयनमा कुरा मिलेको छैन । पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली र अर्का कार्यकारी अध्यक्ष प्रचण्डबीच सभामुख कसले प्रस्ताव गर्ने भन्ने विषयमा कुरा मिलन नसकेको हो । पूर्व माओवादी पक्षले सभामुख आफुले भनेअनुसारको हुनुपर्ने अडान राख्न्दै आएको छ । तर पूर्व एमालेले पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई नै फेरी सभामुख […]

अफगानिस्तानको शान्ति पदयात्रामा सहभागी २७ जनाको अपहरण

काठमाडौं । पश्चिमी अफगानिस्तानको शान्ति पदयात्रामा सहभागी २७ जनालाई तालिवान लडाकुहरुले अपहरण गरेका छन् । पिपुल्स पिस मुभमेन्टले शान्ति र युद्धविरामको माग गर्दै करिब दुई साता अगाडिदेखि हेरात प्रान्तबाट आफ्नो यात्रा सुरु गरेको थियो । तर फराह प्रान्त प्रवेशपछि उनीहरुको अत्तोपत्तो नरहेको बीबीसीले जनाएको छ । फाराह प्रान्तका डेपुटी गभर्नर मसूद बख्तावरले ६ वटा कारमा […]

सरकारद्वारा आईजीपी सर्वेन्द्र खनालको चीन भ्रमण अस्वीकृत

काठमाडौँ । सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको चीन भ्रमण अस्वीकृत गरेको छ । गृहमन्त्री रामबहादुर थापासँगै पुस २१ गतेदेखि हुने भनिएको आईजीपी खनालको चीन भ्रमण प्रस्ताव सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अस्वीकार गरेको हो । यद्यपि गृहमन्त्री थापा, उनका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माको भ्रमण भने बैठकले अनुमोदन गरेको छ । आईजीपी […]

मन्त्रीबाट राजीनामा दिएपछि उपेन्द्र यादवले भने – ओली सरकारको दम्भ सकियो

काठमाडौं । सरकारलाई दिएको समर्थन फिर्ता लिएको समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दुई तिहाइको दम्ब सकिएको टिप्पणी गरेका छन् । संविधान संशोधन प्रस्ताव मन्त्रिपरिषदमा राख्न नदिएपछि समाजवादीबाट सरकारमा गएका उपप्रधान तथा कानूनमन्त्री यादव र सहरी विकासमन्त्री मो. इस्तियाक राईले पदबाट राजीनामा दिएका थिए । त्यसको भोलिपल्ट समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । […]