ओली समूहको केन्द्रीय कमिटी संख्या १५०१ पुग्यो

अर्थ राजनीति ~ नेपाल कम्युनिस्ट पार्टी ओली समूहको केन्द्रीय कमिटी संख्या १५०१ पुगेको छ । पुस ९ मा सकिएको केन्द्रीय कमिटी बैठकले नै विधानमा दोस्रो पटक संशोधन गरी केन्द्रीय कमिटी संख्या बढाइएको छ । मातहतको कमिटीलाई पठाइएको अन्तरपार्टी निर्देशिका  मार्फत केन्द्रीय कमिटी सदस्य संख्या १ हजार ५ सय १ पुगेको बताइएको छ । केन्द्रीय कमिटीको […]

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोगको प्रस्ताव पेश गर्ने तयारी

अर्थ राजनीति ~ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोगको प्रस्ताव पेश गर्ने तयारी भइरहेको छ । नवनिर्वाचित राष्ट्रपति जो बाइडनले शपथ ग्रहण गर्न नौ दिन बाँकी रहेको बेला राष्ट्रपति ट्रम्पमाथि महाअभियोग लगाउने तयारी भएको छ  । महाअभियोग प्रस्तावमा दुई सय बढी डेमोक्रेट सांसदहरुले हस्ताक्षर गरेका छन् । सो प्रस्तावमा अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा […]

कांग्रेस प्रवक्ता शर्माले प्रधानमन्त्रीओलीलाई पठाए संविधान र निर्मलाको फोटो

अर्थ राजनीति ~ नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानको किताब उपहार पठाएका छन् । प्रतिनिधिसभा विघटन संविधानसम्मत रहेको जिकिर गर्दै ओलीले संविधान पढ्न सुझाव दिएपछि जवाफमा शर्माले संविधानको किताब उपहार पठाएका छन । प्रवक्ता शर्माले संविधानसँगै भोकका कारण मृत्यु भएका सूर्यबहादुर तामाङ, आइसोलेसनमा उपचार नपाएर मृत्यु भएका राजु सदा र बलात्कारपछि […]

पछिल्लो २४ घण्टामा  ३६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

अर्थ राजनीति ~ पछिल्लो २४ घण्टामा  ३६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । देशभरका प्रयोगशालामा ४२८६ नमुना परीक्षण गर्दा १५९ महिला र २०३ पुरुषमा संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या २ लाख ६४ हजार ५२१ पुगेको छ । देशभर ४६८१ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये […]

नेकपा ओली समूहले राजधानीमा धोती जुलुस

अर्थ राजनीति ~ नेकपा ओली समूहले राजधानीमा ‘धोती जुलुस’ निकालेको छ । युवा संघ नेपालको आफ्नो पक्षको बृहत भेला आयोजना गरेको ओली समूहले बानेश्वरदेखि कमलादीसम्म पैदल तथा मोटरसाइकल र्‍याली निकालिएको थियो । महेश बस्नेतले नेतृत्व गरेको र्‍यालीलाई ‘धोती जुलुसको नाम दिइएको थियो । जुलुसमा सहभागी केहीले धोती कुर्था लगाएका थिए ।  

इन्डोनेसियाको राजधानी जाकार्ताबाट शनिबार  उड्नासाथ वेपत्ता भएको श्रीविजय एयरको बोइङ ७३७ को दुर्घटनास्थल पत्ता

अर्थ राजनीति ~ इन्डोनेसियाको राजधानी जाकार्ताबाट शनिबार  उड्नासाथ वेपत्ता भएको श्रीविजय एयरको बोइङ ७३७ को दुर्घटनास्थल पत्ता लागेको त्यहाँका सरकारी अधिकारीले जानकारी दिएका छन् । बीबीसीका अनुसार जाकार्ताबाट उडेको सो विमान उडे लगत्तै समुन्द्रमा खसेको थियो । विमानमा चालक दलका सदस्यसहित कुल ६२ जना सवार  रहेका थिए । जहाज कालिमान्तान प्रान्तस्थित पोन्टिआनक जानका लागि उडेको […]

प्रधानमन्त्री ओलीले आज राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने

अर्थ राजनीति ~  प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने भएका छन् । राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रधानमन्त्रीले सभामा सम्बोधन गर्ने तय भएको  जानकारी दिए । प्रधानमन्त्रीले दिउँसो १ बजे सम्बोधन गर्ने छन् । आजको राष्ट्रिय सभा बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्रीले सम्बोधन गर्ने उल्लेख गरिएको छैन । तर, प्रधानमन्त्री ओलीले आफैं […]

अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा दुईजना चिनियाँ नागरिकसहित ४ जना पक्राउ

अर्थ राजनीति ~ प्रहरीले अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा दुईजना चिनियाँ नागरिकसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चीनको वाहक वु चाओ, चीनको  झाङ विई, सिन्धुपाल्चोकको भोटेकोशीका माइला भनिने भक्ते लामा र दावा पासाङ लामा छन् । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी अशोक सिंहका अनुसार उनीहरुले चिनियाँ नागरिक लिई विइपिङ र […]

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बाइडनको जित स्वीकार गरे

अर्थ राजनीति ~ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः गत नोभेम्बरमा भएको निर्वाचनमा जो बाइडनको जित स्वीकार गरेका छन् । बिहीबार उनले बाइडन अमेरिकाको राष्ट्रपति बन्ने र आफ्नो ध्यान शान्तिपूर्णरुपमा शक्ति हस्तान्तरण गर्नु रहेको बताएका छन । सामाजिक सञ्जाल ट्वीटरमा एक भिडियो सन्देश राख्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली जनसभालाई सम्बोधन गर्न आज कैलालीको धनगढी जाँदै

अर्थ राजनीति ~  प्रधानमन्त्री केपी शर्मा ओली जनसभालाई सम्बोधन गर्न आज कैलालीको धनगढी जाँदै । उनी बिहान नौ बजे धनगढी जाने पूर्वनिर्धारित कार्यक्रम रहेको छ । संसद विघटनपछि ओली पहिलो पटक उपत्यका बाहिरको कार्यक्रममा सहभागी हुन लागेका छन । नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको जनसभा धनगढीको खुलामन्चमा हुनेछ । त्यहाँ ५० हजार कार्यकर्ता उतार्ने […]