पछिल्लो २४ घण्टामा  ३६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

Machchapuchchre

अर्थ राजनीति ~ पछिल्लो २४ घण्टामा  ३६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । देशभरका प्रयोगशालामा ४२८६ नमुना परीक्षण गर्दा १५९ महिला र २०३ पुरुषमा संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या २ लाख ६४ हजार ५२१ पुगेको छ । देशभर ४६८१ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये २ लाख ५७ हजार ९२८ जना संक्रमणमुक्त भएका छन् भने १९१२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको  छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्