प्रधानमन्त्री केपी शर्मा ओली जनसभालाई सम्बोधन गर्न आज कैलालीको धनगढी जाँदै

Machchapuchchre

अर्थ राजनीति ~  प्रधानमन्त्री केपी शर्मा ओली जनसभालाई सम्बोधन गर्न आज कैलालीको धनगढी जाँदै । उनी बिहान नौ बजे धनगढी जाने पूर्वनिर्धारित कार्यक्रम रहेको छ । संसद विघटनपछि ओली पहिलो पटक उपत्यका बाहिरको कार्यक्रममा सहभागी हुन लागेका छन । नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको जनसभा धनगढीको खुलामन्चमा हुनेछ । त्यहाँ ५० हजार कार्यकर्ता उतार्ने दाबी गरिएको छ । जनसभाको सम्पूर्ण तयारी पूरा भएको र सुरक्षा व्यवस्था पनि चुस्त रहेको नेकपा सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्ण थापाले जानकारी दिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्