राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे बस्दै

अर्थ राजनीति ~ राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी आयोगको वार्षिक प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूची रहेको  छ । यस्तै राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाअन्तर्गतका विषयगत समितिमा रहने सदस्यहरुको नाम मनोनयनका लागि प्रस्ताव गर्ने छन् । नियमित कार्यसूचीका साथै सांसदहरुले संसद […]

विराटनगरको वायु प्रदूषण उच्च भएपछि स्थानीय सरकारले घरबाहिर ननिस्कन अपिल

अर्थ राजनीति ~   विराटनगरको वायु प्रदूषण उच्च भएपछि स्थानीय सरकारले घरबाहिर ननिस्कन अपिल गरेको छ । वायु प्रदूषण बढेपछि विराटनगर महानगरपालिकाले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन अपिल गरेको हो । महानगरपालिकाले फोहर डढाउने र विकास निर्माणको काम पनि रोक्न अनुरोध गरेको छ । प्रदूषण उच्च तहमा पुगेकाले मर्निङवाक गर्नेलाई पनि घरबाहिर ननिस्कन महानगरपालिकाले अनुरोध गरेको […]

कैँची प्रहार गरी एक युवकको हत्या गरेको आरोपमा भारतीय नागरिक पक्राउ

अर्थ राजनीति ~ धारिलो हतियार कैँची प्रहार गरी एक युवकको हत्या गरेको आरोपमा भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१६ बाइपास ओरालो बस्ने भारतको मोतिहारी घर भएका २५ वर्षीय सुवोध मियाँ रहेका छन् । मंगलबार राति सुवोधले कैँची प्रहार गर्दा भारतको मोतिहारी घर भएका २५ वर्षीय कलाम मियाँ गम्भीर घाइते भएका थिए […]

मोटरसाइकल चोरीमा संलग्न रहेका चार जना प्रक्राउ

अर्थ राजनीति ~ मोटरसाइकल चोरीमा संलग्न रहेका चार जनालाई चितवन प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनमा बुधबार बिहान पत्रकार सम्मेलन गरी चोरोका मोटरसाइकल सहित चारै जनालाई सार्वजनिक गरिएको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका-११ गणेस्थान बस्ने १८ वर्षीय शिव विक, भरतपुर–९ शरदपुर बस्ने २१ वर्षीय मेलोन सुनार, भरतपुर–८ गौरीगञ्ज बस्ने २८ वर्षीय […]

चितवनमा गैंडाको आक्रमणबाट एकजना महिलाको मृत्यु

अर्थ राजनीति ~ चितवनमा गैंडाको आक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका-७ बस्ने ४२ वर्षीया माया तामाङ रहेकी छन् । चितवन राष्ट्रिय निकुञ्जमा घाँस काट्न गएको अवस्थामा मंगलबार गैंडाले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजदेखि अन्तिम सुनुवाइ सुरु

अर्थ राजनीति ~ प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजदेखि अन्तिम सुनुवाइ सुरु हुँदैछ । सर्वोच्चले आजबाट निरन्तर सुनुवाइ गर्ने निर्णय गरे पनि संवैधानिक इजलास हरेक बुधबार र शुक्रबार मात्रै बस्ने गरेकाले यसको आदेश आउन करिब एक महिना लाग्न सक्ने सर्वोच्चका अधिकारीहरू बताउँछन् ।

खोनपानी मन्त्री मणि थापालाई नेकपा प्रचण्ड-माधव समूहका अखिलले कालो झण्डा देखाए

अर्थ राजनीति ~  खोनपानी मन्त्री मणि थापालाई नेकपा प्रचण्ड-माधव समूहका अखिलले कालो झण्डा देखाएको छन् । ओली समूहको पार्टी प्रशिक्षणका लागि जाजरकोट पुगेका मन्त्री थापालाई कालो झण्डा देखाइएको छ  । जाजरकोटबाट नेपालगञ्ज फर्कने क्रममा मन्त्री थापालाई जाजरकोटको भेरी नगरपालिका-४ बोहरामा अखिलका कार्यकर्ताहरुले कालो झण्डा देखाएका छन  । संसद् विघटन भएपछि उनी खानेपानी मन्त्री नियुक्त भएका […]

नेपालको आर्थिक वृद्धिदर मात्र ०.६ प्रतिशत रहने विश्व बैंकले पुनः दोहोर्‍यो

अर्थ राजनीति ~ कोरोना भाइरसको महामारीबाट प्रभावित चालु आर्थिक वर्ष २०७७/७८ मा नेपालको आर्थिक वृद्धिदर मात्र ०.६ प्रतिशत रहने विश्व बैंकले पुनः दोहोर्‍याएको छ । यसअघि विश्व बैंकले गत चैतमा समेत यस आवमा नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशत मात्रै रहने प्रक्षेपण सार्वजनिक गरेको थियो । मंगलबार सन् २०२१ को पहिलो प्रतिवेदन ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’ सार्वजनिक […]

साउदी अरबले कतारमाथि लगाएको नाकाबन्दी हटायो

अर्थ राजनीति ~ साउदी अरबले कतारमाथि लगाएको नाकाबन्दी हटाएको छ । साउदी अरबले कतारमाथि तीन वर्षअघि नाकाबन्दी लगाएको थियो । मंगलबार साउदी अरबमा हुने गल्फ को-अपरेसन काउन्सील  (जीसीसी) सम्मेलनको पूर्वसन्ध्यानमा साउदीले कतारमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । जीसीसीको सम्मेलनमा खाडी देशका ६ देश सहभागी हुने भएका छन् । सम्मेलनमा साउदी र कतारबीचको विवाद समाधान […]

अनेरास्ववियूले संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक

अर्थ राजनीति ~ नेकपा प्रचण्ड–माधव समूह सम्बद्ध अनेरास्ववियूले संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।बागबजारस्थित अनेरास्ववियू कार्यालयमा बसेको बैठकले यही पुस २१ गतेदेखि २९ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । आन्दोलनका कार्यक्रमअनुसार आज सरकारका मन्त्रीहरुलाई कालो झण्डा देखाउने र प्रत्येक कलेजमा कालो ब्यानर राखेर विरोध प्रदर्शन गर्ने अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले […]