रसियाले आफूले उत्पादन गरेको कोराना खोप छिटो नेपाललाई उपलब्ध गराउने

अर्थ राजनीति ~ रसियाले आफूले उत्पादन गरेको कोराना खोप ‘स्पुतनिक भी’ सकेसम्म छिटो नेपाललाई उपलब्ध गराउन तयार रहेको जानकारी दिएको  छ । अन्तराष्ट्रिय समाचार संस्था रोयर्टर्सले रसियाको विदेश मन्त्रालयलाई उद्धृत गदै २५ मिलियन (२ करोड ५० लाख) डोज खोप उपलब्ध गराउन तयार रहेको बिज्ञप्तिमा उल्लेख गरेको छ । स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले  भारत, चीन, रसिया लगायतका […]

सर्लाहीमा लागुऔषध गाँजासहित एक दम्पती पक्राउ

अर्थ राजनीति ~ सर्लाहीमा प्रहरीले लागुऔषध गाँजासहित एक दम्पतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका ३ बस्ने ५० वर्षीय नवलकिशोर साह र उनकी पत्नी ४० वर्षीया उर्मिला देवी साह रहेका छन् ।मोटरसाइकललाई रोकेर चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट १० किलो गाँजा बरामद भएपछि नियन्त्रणमा लिएर थप कारबाही गरिरहेको प्रहरीले जानकारी गराए ।

२३ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

अर्थ राजनीति ~ २३ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस  मनाइँदै छ । राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोह भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको कुमारी मन्दिर परिसर बोडेमा आयोजना गरिने छ ।राष्ट्रिय भूकम्प सुरक्षा दिवस माघ २ गते मनाउने गरिन्छ । देशमा भूकम्पीय जोखिम न्यूनीकरण तथा पूर्वतयारीका विषयमा विगतका प्रयास तथा अनुभवहरु आदान-प्रदान गर्दै नयाँ प्रविधि र […]

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि आज सुनुवाइ हुदै

अर्था राजनीति ~ प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि आज सुनुवाइ हुने भएको छ । यस सम्बन्धी रिटहरुको सुनुवाइ संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत् पूर्ण इजलासमा भन्ने विवाद छ । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदक १३ मध्ये ११ जनाले बृहत् पूर्ण इजलासमा सुनुवाइको माग गर्दै यही पुस २२ गते पूरक निवेदन दिएका थिए । सो […]

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश

अर्थ राजनीति ~ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश भएको छ । डेमोक्रेटिक पार्टीले अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजिन्टेटिभ्समा ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश गरेको छ । महाअभियोग प्रस्तावमाथि बुधबार छलफल हुने बीबीसीले बताएको  छ । ट्रम्पलाई हिंसा भड्काएको आरोप लगाइएको छ । अमेरिकी संसद क्यापिटल हिलमा भएको आक्रमण पनि ट्रम्पकै उक्साहटमा भएको […]

बिन्दवासिनी म्युजिक प्रा.लि.का सञ्चालक लिना शर्मा रेग्मी प्रक्राउ

अर्थ राजनीति ~ बिन्दवासिनी म्युजिक प्रा.लि.का एक जना सञ्चालकलाई काठमाडौं प्रहरी परिसर, टेकुले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कम्पनीकी सञ्चालिका लिना शर्मा रेग्मी रहेकी छिन् ।उनलाई धुम्बाराहीस्थित घरबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसर, टेकुले बताएको छ  । उनलाई गायक प्रमोद खरेलले दिएको प्रतिलिपि अधिकार सम्बन्धी किटानी जाहेरीको आधारमा शर्मालाई पक्राउ गरिएको छ  ।

प्रचण्ड–माधव समूहले आठ जना प्रदेशसभा सदस्यहरुलाई तीन महिनाका लागि निलम्बन

अर्थ राजनीति ~  मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको प्रचण्ड–माधव समूहले आठ जना प्रदेशसभा सदस्यहरुलाई तीन महिनाका लागि निलम्बन गरेको जनाएको छ । मुख्यमन्त्री राईसहित चारजना मन्त्री, प्रमुख सचेतक र तीन जना सांसदहरुलाई निलम्बन गरिएको छ साथै आइतबार प्रचण्ड–माधव समूहले मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री […]

सरकारले आयकरको किस्ता बुझाउने समय पुस मसान्तसम्म तोक्यो

अर्थ राजनीति ~ सरकारले तोकिएकै समयमा आयकर बुझाउन करदातालाई ताकेता गरेको छ । कोरोना महामारीमा बीच व्यापार प्रभावित भएको भन्दै व्यवसायिक संघसंगठनले आयकर बुझाउने समय थप गर्न माग गरिरहेका थिए । सरकारले भने आयकरको किस्ता बुझाउने समय पुस मसान्तसम्म अनिवार्य बुझाउन ताकेता गरेको हो । आयकर ऐन अनुसार आर्थिक वर्ष २०७७/७८ को आयकरको किस्ता रकम […]

माटोको ढिस्कोले पुरिएर एकजनाको मृत्यु

अर्थ राजनीति ~ कैलालीमा माटोको ढिस्कोले पुरिएर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोडाघोडी नगरपालिका- १० तुलसीपुरका १६ वर्षीय अशोक धामी रहेका छन् । घोडाघोडी नगरपालिका-११ भलुवामा माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको  छ ।

दैलेखबाट लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ

अर्थ राजनीति ~ दैलेखबाट लागूऔषध ब्राउन सुगरसहित दुईजनालाइ प्रहरीले  पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँकेको कोहलपुर नगरपालिका-१० कालिकानगरकी २७ वर्षीया सिर्जना गुरुङ र बाँकेकै बैजनाथ गाँउपालिका-१ गाभरका २१ वर्षीय विशाल रोकाय रहेका छन् । दैलेखको गुराँस गाँउपालिका-२ तल्लो डुङ्गेश्वर प्रहरी चेकपोष्ट नजिक सडकखण्डबाट दुवै जनालाई नियन्त्रणमा लिएको हो । शंकास्पद अवस्थामा हिँडिरहेको वेला उनीहरुको […]