दैलेखबाट लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ

Machchapuchchre

अर्थ राजनीति ~ दैलेखबाट लागूऔषध ब्राउन सुगरसहित दुईजनालाइ प्रहरीले  पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँकेको कोहलपुर नगरपालिका-१० कालिकानगरकी २७ वर्षीया सिर्जना गुरुङ र बाँकेकै बैजनाथ गाँउपालिका-१ गाभरका २१ वर्षीय विशाल रोकाय रहेका छन् । दैलेखको गुराँस गाँउपालिका-२ तल्लो डुङ्गेश्वर प्रहरी चेकपोष्ट नजिक सडकखण्डबाट दुवै जनालाई नियन्त्रणमा लिएको हो । शंकास्पद अवस्थामा हिँडिरहेको वेला उनीहरुको खानतलासी गर्दा गुरुङको साथबाट ४० पोका लागूऔषध ब्राउन सुगर र रोकायाको साथबाट ३४ हजार नगद बरामद भएको प्रहरीले बताएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्