ओली समूहको केन्द्रीय कमिटी संख्या १५०१ पुग्यो

Machchapuchchre

अर्थ राजनीति ~ नेपाल कम्युनिस्ट पार्टी ओली समूहको केन्द्रीय कमिटी संख्या १५०१ पुगेको छ । पुस ९ मा सकिएको केन्द्रीय कमिटी बैठकले नै विधानमा दोस्रो पटक संशोधन गरी केन्द्रीय कमिटी संख्या बढाइएको छ । मातहतको कमिटीलाई पठाइएको अन्तरपार्टी निर्देशिका  मार्फत केन्द्रीय कमिटी सदस्य संख्या १ हजार ५ सय १ पुगेको बताइएको छ । केन्द्रीय कमिटीको तेस्रो बैठकले दुई पटक नेकपाको अन्तरिम विधान २०७५ दोस्रो र तेस्रो संशोधन गरेको छ । यी संशोधनसँगै अब पार्टी केन्द्रीय कमिटीको सदस्य संख्या १ हजा ५ सय १ सदस्यीय भएको छ । ओलीले प्रथम अध्यक्षको अधिकार प्रयोग गर्दै केन्द्रीय कमिटीमा मनोनयन गरेको निर्देशिकामा  उल्लेख गरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्