अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोगको प्रस्ताव पेश गर्ने तयारी

Machchapuchchre

अर्थ राजनीति ~ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोगको प्रस्ताव पेश गर्ने तयारी भइरहेको छ । नवनिर्वाचित राष्ट्रपति जो बाइडनले शपथ ग्रहण गर्न नौ दिन बाँकी रहेको बेला राष्ट्रपति ट्रम्पमाथि महाअभियोग लगाउने तयारी भएको छ  । महाअभियोग प्रस्तावमा दुई सय बढी डेमोक्रेट सांसदहरुले हस्ताक्षर गरेका छन् । सो प्रस्तावमा अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा मंगलबार मतदान हुने सक्ने डेमोक्र्याट नेताहरुलाई उद्धृत गर्दै बीबीसीले बताएको  छ । सभामुख नेन्सी पेलोसीले पनि ट्रम्पविरुद्ध महाअभियोग लगाउन सदनले उचित कारबाही गर्ने बताएकी छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्