सुनको मूल्य सुन प्रति तोला ९३ हजार रुपैयाँ

Machchapuchchre

अर्थ राजनीति ~ शुक्रबारको तुलनामा सुनको प्रतितोला मूल्य २३ सयले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले आइतबारका लागि  सुनको प्रतितोला मूल्य ९३ हजार रुपैयाँ तोकेको छ । शु क्रबार ९५ हजार तीन सय रुपैयाँ  सुन कारोबार भएको थियो । आज सुन प्रति तोला ९३ हजार रुपैयाँमा  कारोबार भैरहेको छ । चाँदीको प्रतितोला भाउ पनि ६० रुपैयाँले सस्तिएको छ । शुक्रबार १३ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आइतबार १२ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्