अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश

Machchapuchchre

अर्थ राजनीति ~ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश भएको छ । डेमोक्रेटिक पार्टीले अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजिन्टेटिभ्समा ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश गरेको छ । महाअभियोग प्रस्तावमाथि बुधबार छलफल हुने बीबीसीले बताएको  छ । ट्रम्पलाई हिंसा भड्काएको आरोप लगाइएको छ । अमेरिकी संसद क्यापिटल हिलमा भएको आक्रमण पनि ट्रम्पकै उक्साहटमा भएको दाबी छ । महाअभियोग प्रस्तावमा राष्ट्रपतिको निर्वाचन परिणाम उल्टाउन जर्जियाका अधिकारीहरुलाई दबाब दिएको विषय पनि उल्लेख छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्