रसियाले आफूले उत्पादन गरेको कोराना खोप छिटो नेपाललाई उपलब्ध गराउने

Machchapuchchre

अर्थ राजनीति ~ रसियाले आफूले उत्पादन गरेको कोराना खोप ‘स्पुतनिक भी’ सकेसम्म छिटो नेपाललाई उपलब्ध गराउन तयार रहेको जानकारी दिएको  छ । अन्तराष्ट्रिय समाचार संस्था रोयर्टर्सले रसियाको विदेश मन्त्रालयलाई उद्धृत गदै २५ मिलियन (२ करोड ५० लाख) डोज खोप उपलब्ध गराउन तयार रहेको बिज्ञप्तिमा उल्लेख गरेको छ । स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले  भारत, चीन, रसिया लगायतका मुलुकहरुसँग खोपको बारेमा छलफल भइरहेको बताएका छन् । काठमाडौंस्थित रसियाली राजदूतावास पनि नेपाललाई खोप उपलब्ध गराउन लागिपरेका बताएका छन्  ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्