पेट्रोल र डिजेलकाे भाउ बढ्याे

अर्थ राजनीति ~ नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटि्टतेलकाे भाउ बढाएकाे छ । साेमबार राति १२ बजेबाट लागू हुने गरी प्रतिलिटर दुई रूपैयाँका दरले इन्धनको मूल्य बढाइएकाे निगमका प्रवक्ता विनितमणि उपाध्ययले जानकारी दिए ।

‘यस्तो काल्पनिक कुरामा अदालत जान मिल्दैन । यो कुरामा श्रीमानले भन्ने होइन, हाउसले भन्ने हो।’ – भीमार्जुन आचार्य

अर्थ राजनीति ~  आइतबार प्रतिनिधिसभा विघटनविरूद्ध बहस गर्न उभिएका अधिवक्ता र न्यायाधीशबीच सवाल–जवाफ भएको छ । बहस गर्न उभिनु भएका बरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले संविधानले दुई अवस्थामा मात्र प्रतिनिधिसभा विघटन हुन सक्ने तर्क गर्नुभयो । पहिलो प्रतिनिधिसभाको कार्यकाल पाँच वर्ष पूरा भएको अवस्थामा र दोश्रो, संविधान अनुसार सरकार गठन हुन सक्ने अवस्था नभएको अवस्थामा । […]

आवेग र आक्रामक आन्दोलन गर्न युवा विद्यार्थीहरुलाई निर्देशन : प्रचण्ड

अर्थ राजनीति ~ नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आवेग र आक्रामक आन्दोलन गर्न युवा विद्यार्थीहरुलाई निर्देशन दिएका छन् । आफू सम्वद्ध अनेरास्ववियूको भेलालाई सम्बोधन गर्दै प्रचण्डले केपी शर्मा ओली र उनका मानिसहरुले सेटिङ भइसकेको छ भन्दै हिँडेकाले गर्जिनुपर्ने बेला आएको बताए । ‘हाम्रो आन्दोलन आवेगमय हुनुपर्‍यो, आक्रामक हुनुपर्‍यो । बाघ–सिंह गर्जिए जस्तो गर्जिनुपर्‍यो […]

जग्गाधनीलाई थाहा नदिएर जग्गा बेचेको अभियोगमा एक कर्मचारी पक्राउ

अर्थ राजनीति ~ जग्गाधनीलाई थाहा नदिएर जग्गा बेचेको अभियोगमा  प्रहरीले जिल्ला मालपोत कार्यालय, सुर्खेतका एक कर्मचारीलाई पक्राउ गरेको छ । मालपोतका नायब सुब्बा विश्वरुप सावदलाई बुधबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले बताएको छ । वीरेन्द्रनगर– ६ का सौगात रावतको नाममा वीरेन्द्रनगर–८ शङ्करचोकमा रहेको छ कठ्ठा जग्गामध्ये चार कठ्ठा जग्गा नायब सुब्बा सावद र सन्तोष […]

सर्वोच्च अदालतमा परेका रिटहरुमाथिको सुनुवाइ आज पनि हुँदै

अर्थ राजनीति ~ प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुमाथिको सुनुवाइ आज पनि हुँदै छ । रिटहरुको सुनुवाइ संवैधानिक इजलासमा गर्ने कि वृहत पूर्ण इजलासमा गर्ने भन्ने विषयमा विवाद कायमै छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेर आगामी वैशाख १७ र २७ गते मध्यावधि चुनाव घोषणा गरेपछि सर्वोच्च अदालतमा १२ […]

नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक भारतको नयाँदिल्लीमा आजबाट सुरु

अर्थ राजनीति ~ नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक भारतको नयाँदिल्लीमा आजबाट सुरु हुने भएको छ । बैठक हैदरावाद हाउसमा बिहान ११ः३० बजे सुरु हुदै  छ । बैठकको अध्यक्षता परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उनका भारतीय समकक्षी एस जयशंकरले संयुक्त रुपमा गर्ने छन् । तीन दिनसम्म चल्ने बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री ज्ञवाली बिहीबार नै नयाँदिल्ली गएका थिए […]

नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक आज बस्दै

अर्थ राजनीति ~ नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक आज बस्दै छ । पेरिसडाँडास्थित पार्टी कार्यालयमा बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाइएको छ । बिहीबारको स्थायी कमिटी बैठक विनानिष्कर्ष सकिएपछि आज फेरि बैठक बोलाइएको छ । संसद् विघटनविरुद्ध संघर्षको कार्यक्रम गरिरहेको यो समूहको बैठकमा यिनै समसायिक विषयमा छलफल गर्ने कार्यसूची रहेको स्थायी […]

कालीकोटमा बाबुले आफ्नै घरमा आगो लगाउँदा दुई छोराको निधन

अर्थ राजनीति ~ कालीकोटमा बाबुले आफ्नै घरमा आगो लगाउँदा दुई छोराको निधन भएको छ । एक छोरा घाइते भएका छन् । जिल्लाको नरहरिनाथ गाउँपालिका- ७, दुधेलीस्थित भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा दुई छोराको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले बताएको छ । आगोले जलेर मृत्यु हुनेमा उनका १२ वर्षीय छोरा गणेश बटाला र […]

राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पदबाट हटाएर उपराष्ट्रपतिलाई सक्रिय बनाउने प्रस्ताव पारित

अर्थ राजनीति ~ अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रिजिन्टेटिभ्सले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पदबाट हटाएर उपराष्ट्रपतिलाई सक्रिय बनाउने प्रस्ताव पारित भएको  छ । २५ औं संशोधनमार्फत् ट्रम्पलाई हटाउन लागिएको हो । यसअघि उपराष्ट्रपति माइक पेन्सले २५ औं संशोधनतमार्फत् ट्रम्पलाई हटाउने कुनै योजना नरहेको बताएका थिए । यससँगै तल्लो सदनकी सभामुख नेन्सी पेलोसीले ट्रम्पलाई उपराष्ट्रपतिले […]

जी न्यूजले नेपालको सर्वोच्च शिखर सगरमाथामा भारतले दाबी गर्नुपर्ने र त्यसको नाम पनि फेर्नुपर्ने भन्दै रिपोर्ट प्रसारण

अर्थ राजनीति ~ भारतको  न्यूज च्यानल जी न्यूजले नेपालको राष्ट्रियतामाथि आघात पुर्‍याउने गरी पुनः आपत्तिजनक रिपोर्ट प्रसारण गरेको छ । जी न्यूजले नेपालको सर्वोच्च शिखर सगरमाथामा भारतले दाबी गर्नुपर्ने र त्यसको नाम पनि फेर्नुपर्ने भन्दै रिपोर्ट प्रसारण गरेको छ । जी न्यूजका प्रधानसम्पादक सुधीर चौधरीले कालापत्थर पुगेर सगरमाथालाई पृष्ठभूमिमा राखेर भनेका छन्, ‘अब भारतले माउन्ट […]