जग्गाधनीलाई थाहा नदिएर जग्गा बेचेको अभियोगमा एक कर्मचारी पक्राउ

Machchapuchchre

अर्थ राजनीति ~ जग्गाधनीलाई थाहा नदिएर जग्गा बेचेको अभियोगमा  प्रहरीले जिल्ला मालपोत कार्यालय, सुर्खेतका एक कर्मचारीलाई पक्राउ गरेको छ । मालपोतका नायब सुब्बा विश्वरुप सावदलाई बुधबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले बताएको छ । वीरेन्द्रनगर– ६ का सौगात रावतको नाममा वीरेन्द्रनगर–८ शङ्करचोकमा रहेको छ कठ्ठा जग्गामध्ये चार कठ्ठा जग्गा नायब सुब्बा सावद र सन्तोष ठाकुरको मिलेमतोमा बिक्री गरेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो । उनीहरुमाथि चार कठ्ठा जग्गा कित्ताकाट गरी फरकफरक व्यक्तिलाई बेचेको आरोप लागेको छ । आरोपी ठाकुर फरार भएको र उनको खोजी भइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्