कालीकोटमा बाबुले आफ्नै घरमा आगो लगाउँदा दुई छोराको निधन

Machchapuchchre

अर्थ राजनीति ~ कालीकोटमा बाबुले आफ्नै घरमा आगो लगाउँदा दुई छोराको निधन भएको छ । एक छोरा घाइते भएका छन् । जिल्लाको नरहरिनाथ गाउँपालिका- ७, दुधेलीस्थित भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा दुई छोराको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले बताएको छ । आगोले जलेर मृत्यु हुनेमा उनका १२ वर्षीय छोरा गणेश बटाला र ७ वर्षीय मनबहादुर बटाला रहेका छन् । त्यस्तै अर्का ४ वर्षीय छोरा खगेन्द्र बटाला घाइते भएका छन् । घाइते खगेन्द्रको नरहरिनाथ स्वास्थ्य चौकीमा उपचार भैरहेको छ । अत्याधिक मदिरा सेवन गरेका भैरेले घरायसी झगडाका कारण बुधबार बिहान चारबजे बजेतिर आगो लगाएको जिल्ला प्रहरी कार्यालय कालीकोटले बताएको छ  । उनले घर आगो लगाए लगतै विष सेवन गरेका थिए । उनी गम्भीर अवस्थामा रहेको र  उनको उपचार भैहरको जानकारी छ  ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्