राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पदबाट हटाएर उपराष्ट्रपतिलाई सक्रिय बनाउने प्रस्ताव पारित

Machchapuchchre

अर्थ राजनीति ~ अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रिजिन्टेटिभ्सले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पदबाट हटाएर उपराष्ट्रपतिलाई सक्रिय बनाउने प्रस्ताव पारित भएको  छ । २५ औं संशोधनमार्फत् ट्रम्पलाई हटाउन लागिएको हो । यसअघि उपराष्ट्रपति माइक पेन्सले २५ औं संशोधनतमार्फत् ट्रम्पलाई हटाउने कुनै योजना नरहेको बताएका थिए । यससँगै तल्लो सदनकी सभामुख नेन्सी पेलोसीले ट्रम्पलाई उपराष्ट्रपतिले नहटाए महाभियोग लगाएर हटाउने बताएकी थिइन् । यससँगै तल्लो संसद्मा ट्रम्पविरुद्ध दोस्रोपटक महाभियोगको प्रस्ताव पेश गरिएको थियो । बुधबार तल्लो सदनमा राष्ट्रपतिमाथि महाभियोगबारे पनि मतदान हुनेछ । गत साता अमेरिकाको संसद् भवनमा हिंसात्मक प्रदर्शनको लागि मानिसहरुलाई भड्काएको आरोपमा उनीमाथि महाभियोग प्रस्ताव दर्ता गरिएको  छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्