सुन तोलामा ६०० रूपैयाँले उकालो लाग्यो

अर्थ राजनीति ~ स्थानीय बजारमा सुनको  मूल्यमा आज पनि वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाए अनुसार  आजका लागि तोकेको मूल्यअनुसार छापावाल सुन तोलामा  ६०० रूपैयाँले उकालो लागेको हो । प्रतितोला ९२ हजार ५०० मा बुधबार कारोवार भएको छापावाल सुन आज भने ९३ हजार १०० रूपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको […]

जो बाइडन- अमेरीकाका ४६ औं राष्ट्रपति

अर्थ राजनीत ~  अमेरीकामा  ४६ औं राष्ट्रपतिका रुपमा डेमोक्रेटिक पार्टीका ” जो बाइडन ”  निर्वाचित भइ हिजो बाट आफ्नो कार्यकाल समालेका छन् । निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पबाट बाइडनमा सत्ता हस्तान्तरणको प्रक्रिया अमेरिकी इतिहासमा नै सबभन्दा बढी कठिन र हिंसात्मक समेत रहेको  देखिएको छ । आफ्नो चार वर्षे कार्यकालमा ट्रम्पले केही यस्ता निर्णय लिए जसले घरेलु […]

भारतले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप आज काठमाडौं आइपुग्यो

अर्थ राजनीति ~  नेपाललाई भारतले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप आज काठमाडौं आइपुगेको हो । आज केहीबेरअघि एयर इन्डियाको विमानबाट कोरोनाविरुद्धको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ  । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई खोप हस्तान्तरण गरेको  समेत जानकारी आएको छ । भारतले  नेपाललाई १० लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा […]

बैंकहरु कर्जा लगानीमा आक्रामक देखिए

अर्थ राजनीति ~   कोरोनाको त्रास रहेसँगै  बैंकहरु कर्जा लगानीमा आक्रामक देखिन थालेका छन् । लामो समय हुन नसकेको कर्जा लगानी दशै अगाडिदेखि भने बढ्दै गएको देखिएको छ । पुस मसान्तमा  बैंकहरुको कर्जा लगानी ३२ खर्ब रुपैयाँ को हाराहारीमा पुगेको छ । कर्जा लगानी निकै बढे पनि निक्षेप भने खासै वृद्धि हुन सकेको देखिदैन । बैंक […]

आन्दोलन – हिंसात्मक होइन आवेगपूर्ण भन्न खोजेको

अर्थ राजनीति ~  बुधबार राजधानीमा आयोजित सम्पादकहरुसँगको छलफलमा प्रचण्डले आफुले  शाकाहारी शव्द भनेर हिंसात्मक भनेको होइन तर आवेगपूर्ण भन्न खोजेको हो भनेर स्पष्टीकरण दिएका छन् । आफ्नो भनाइले जनातामा भ्रम सिर्जना गराएको बताउँदै उनले  आफ्ना कार्यकर्ता सामु   एसको सहि अर्थ  बुझ्न भनेका थिए ।  प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको बहुदलीय जनवाद नै  आफूसँग पार्टी एकीकरणको […]

संसद विघटनका मुद्दामा बहस गर्न आधा घण्टाको समय मात्र

अर्थ राजनीति ~   प्रधान्यायाधीश चोलेन्द्र शमसेर जबराले बुधबारको इजलासमा संसद विघटनका मुद्दामा बहस गर्न अधिवक्ताहरुलाई आधा घण्टाको  समय निर्धारण गरिएको जानकारी दिएका छन् ।  संसद विघटनका मुद्दामा बहस सुरु भएको र सकिने समयबारे जानकारी दिन इजलासमा टाइमर नै राखिएको समेत छ ।  एउटै अधिवक्ताले लामो समयसम्म बहस गर्दा संसद विघटनको मुद्दा फैसलामा ढिलाइ हुने भएकोले […]

केपी ओली कि कामचलाउ मात्रै कि पदबाट राजीनामा अनिवार्य – माधव नेपाल

अर्थ राजनीति ~  नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव समूहका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कामचलाउ मात्रै भएको भन्नुपर्ने अथवा पदबाट राजीनामा दिएर देश लाई निकास दिनुपर्ने बताएका  छन् । पत्रकारहरुको भेलालाई मंगलबार सम्बोधन गर्दै नेता नेपालले भने, ‘आफैंले संसद विघटन गरेपछि  उनि संसद रहेन, संसद पनि नरहेपछी  उनि प्रधानमन्त्री पनि रहँदैन  त्यसैले उहाँले […]

प्रचण्ड–माधव समूह र कांग्रेसले संसदीय दलको बैठक बोलायो

अर्थ राजनीति ~  प्रदेश १ को हिउँदे अधिवेशनको तयारीका लागि सत्तारुढ नेकपाको प्रचण्ड–माधव समूहले संसदीय दलको बैठक मंगलबार दिउँसो बोलाएको हो भने र  नेकपा ओली समूहको बैठक भने स्थगित भएको छ ।  बहुमत सदस्यको उपस्थिति नहुने भएपछि ओली समूहको बैठक स्थगित भएको हो । तेस्तै, बुधबार दिउँसो २ बजेबाट सुरु हुने अधिवेशनको तयारीका लागि नेपाली […]

भारतको गुजरातमा सोमबार राति ट्रकले किच्दा १५ जनाको मृत्यु

अर्थ राजनीति~ भारतको गुजरातमा सोमबार राति ट्रकले किच्दा १५ जनाको मृत्यु भएको छ । गुजरातको सुरत भन्ने स्थानको सडक पेटीमा  मजदुरहरुमाथि एक ट्रक अनियन्त्रित भइ गुडेको थियो । यो  घटनामा १५ जनाको घटनास्थलमै मृत्यु भएको र सात जना घाइते भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । १३ जनाको घटनास्थलमै र २ जनाको सुरतस्थित स्मीमेर अस्पतालमा […]

नेपालमा कोरोनाको नयाँ प्रकार भित्रियो

अर्थ राजनीति ~ कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार नेपालमा भित्रिएको पुष्टि भएको छ । पुस पहिलो साता बेलायतबाट आएका तीन जनामा देखिएको संक्रमण नयाँ प्रकारको भएको पाइएको हो । पुस पहिलो साता बेलायतबाट आएका ६ जनामा कोरोना संक्रमण भएको १३ पुसमा पुष्टि भएको थियो । तर जिन सिक्वेन्सिङ नभएका कारण नयाँ प्रकार भए/नभएको खुलेको थिएन । […]