भारतको गुजरातमा सोमबार राति ट्रकले किच्दा १५ जनाको मृत्यु

Machchapuchchre

अर्थ राजनीति~ भारतको गुजरातमा सोमबार राति ट्रकले किच्दा १५ जनाको मृत्यु भएको छ । गुजरातको सुरत भन्ने स्थानको सडक पेटीमा  मजदुरहरुमाथि एक ट्रक अनियन्त्रित भइ गुडेको थियो । यो  घटनामा १५ जनाको घटनास्थलमै मृत्यु भएको र सात जना घाइते भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । १३ जनाको घटनास्थलमै र २ जनाको सुरतस्थित स्मीमेर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ  । सुरत पुलिसका अनुसार चालकले नियन्त्रण गुमाउँदा  यो घटना भएको हो । उखु लोड गरेको ट्याक्टरसँग ठोक्किएर ट्रक अनियन्त्रित भएको र पेटीमा  सुतिरहेका मजदुरहरुलाई कुल्चिएको प्रहरीको भनाइ छ । ट्रकको ठक्करबाट सडक किनारका केही पसलका सटर पनि भत्किएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्