संसद् चल्दा कसैले उठाउन नसकोस् भनेर भुइँमा ठोकिए कुर्सी

Machchapuchchre

प्रदेश १ को प्रदेशसभा बैठक बुधबार सुरु हुँदै छ। यसपटक बैठकस्थलको तयारी विगतभन्दा भिन्न रूपमा गरिएको छ। सांसद बस्ने कुर्सी फेर्नेदेखि कुर्सीका खुट्टालाई एकअर्कामा जोडेर फलामको पाताको ‘बोल्डिङ’ नै गरिएको छ। कुर्सी उचाल्न र हल्लाउन नसक्ने बनाइएको छ। यसअघिका कुर्सी सार्न र उठाउन मिल्ने थिए।

अबको बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाको पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले दर्ता गरेको अविश्वास प्रस्तावका विषयमा छलफल गरिनेछ। छलफलका क्रममा विवाद र अवरोध हुन सक्ने अनुमान गर्दै यसपटक प्रदेशसभा सचिवालयले विशेष तयारी गरेको हो। ‘सदन चल्ने कुरो हो, जे पनि हुन सक्छ। पहिलेका उदाहरणबाट पाठ सिकेको हो’, सचिवालयका एक कर्मचारीले कुर्सी मिलाउँदै भने।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्