भारतले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप आज काठमाडौं आइपुग्यो

Machchapuchchre

अर्थ राजनीति ~  नेपाललाई भारतले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप आज काठमाडौं आइपुगेको हो । आज केहीबेरअघि एयर इन्डियाको विमानबाट कोरोनाविरुद्धको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ  । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई खोप हस्तान्तरण गरेको  समेत जानकारी आएको छ । भारतले  नेपाललाई १० लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा हिजो मात्र गरेको  थियो । यो कोभिसिल्ड खोप अक्सफोर्ड/एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको  हो । प्राप्त  खोपलाई टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ भने  नगर प्रहरीले स्कर्टिङ गरी खोप टेकुसम्म पुर्याउने छ । त्यसपछि  मात्र स्वास्थ्य सेवा विभागबाट आफ्नो निगरानीमा प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा खोप पठाइनेछ । उक्त  खोप केन्द्रहरुबाट पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने टोलीलगायतलाई  दिइने मन्त्रालयले उल्लेख गरेको  छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्