जो बाइडन- अमेरीकाका ४६ औं राष्ट्रपति

Machchapuchchre

अर्थ राजनीत ~  अमेरीकामा  ४६ औं राष्ट्रपतिका रुपमा डेमोक्रेटिक पार्टीका ” जो बाइडन ”  निर्वाचित भइ हिजो बाट आफ्नो कार्यकाल समालेका छन् । निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पबाट बाइडनमा सत्ता हस्तान्तरणको प्रक्रिया अमेरिकी इतिहासमा नै सबभन्दा बढी कठिन र हिंसात्मक समेत रहेको  देखिएको छ । आफ्नो चार वर्षे कार्यकालमा ट्रम्पले केही यस्ता निर्णय लिए जसले घरेलु राजनीतिमा मात्र होइन, विश्व राजनीतिमा समेत असहजता सिर्जना  पैदा भयो । जलवायु परिवर्तन, आप्रवासी सम्बन्धी नीति, विश्व स्वास्थ्य संगठन, चीनसँगको सम्बन्ध लगायतका विषयमा ट्रम्पले लिएका धेरै नीति विश्वभर नै आलोचनाको विषय बनेका  थिए भने एसलाई नयाँ राष्ट्रपति बाइडनले उल्टाउने प्रक्रिया पहिलो दिनबाट नै शुरु गरेका छन् । बाइडनले ट्रम्पले लिएका १७ निर्णय उल्टाउने कार्यकारी निर्देशनमा हस्ताक्षर गरेका छन् । हिजोको समारोहमा बाइडनले अमेरिकाको गठबन्धनलाई मर्मत गर्ने, विश्वसँग फेरि संलग्न हुने र अमेरिकालाई शान्ति र सुरक्षाको एउटा विश्वासिलो साझेदारको रुपमा स्थापित गर्ने घोषणा समस्त सामु  गरेका छन् । बाइडन संगै भारतीय मुलकी ” कमला ह्यारिश ” ले पनि उप -रास्ट्रपति को रुपमा सपथ लिईन् । ” कमला ह्यारिश ” अमेरिकी इतिहास मै पहिलो महिलाका रुपमा उप – रास्ट्रपति बनेकी छिन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्