सुन तोलामा ६०० रूपैयाँले उकालो लाग्यो

Machchapuchchre

अर्थ राजनीति ~ स्थानीय बजारमा सुनको  मूल्यमा आज पनि वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाए अनुसार  आजका लागि तोकेको मूल्यअनुसार छापावाल सुन तोलामा  ६०० रूपैयाँले उकालो लागेको हो । प्रतितोला ९२ हजार ५०० मा बुधबार कारोवार भएको छापावाल सुन आज भने ९३ हजार १०० रूपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको महासङ्घले  जनाएको छ । बुधबार तोलामा ९२ हजार रूपैयाँमा कारोबार भएको  तेजाबी सुन आज प्रतितोला ९२ हजार ६०० मा कारोबार भएको छ । हिजो तोलाको एक हजार २६० रूपैयाँमा  कारोबार भएको चाँदी आज भने १५ रूपैयाँ बढी एक हजार २७५ रूपैयाँ निर्धारण भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्