विष्णुप्रसाद पौडेल – प्रतिनिधिसभा पुनर्स्थापनाको कुनै सम्भावना छैन

Machchapuchchre

अर्थ राजनीति ~  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभा पुनर्स्थापनाको कुनै सम्भावना नरहेको एक कार्यक्रममा बताउनु भएको छ । प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेला सम्बोधन गर्दै पौडेलले सर्वोच्च अदालतको फैसला भने सबैले स्वीकार गर्ने बताए । सर्वोच्च अदालतप्रति विश्वास छ, जे निर्णय गर्छ, स्वीकार्छौं’, उनको भनाइ छ । सदनको बहुमतको समर्थन रहेकै बेला प्रधानमन्त्रीले संसद् विघटन गरेकाले पुनर्स्थापना नहुने पौडेलको तर्क थियो । पुनर्स्थापना हुँदा पनि नयाँ सरकार संसद्ले दिन नसक्ने भएकाले ताजा जनादेशमा जानुको विकल्प नभएको र  आगामी निर्वाचनबाट ओली समूहको नेकपाले बहुमत ल्याउने दावी समेत पौडेलको गरेका  छन् । साथै , प्रचण्ड र माधवकुमार नेपाल समूह चुनावसँग डराइरहेको र बढी कराई रहेको उनले बताए । निर्वाचन आयोगले चुनावी प्रक्रिया रोक्न नमिल्ने पौडेलले बताएका छन् ।  ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्