विरोध प्रदर्शनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

Machchapuchchre

अर्थ राजनीति ~ (प्रचण्ड–माधव) समूहले संसद विघटन विरुद्ध आज गर्न लागेको विरोध प्रदर्शनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त देखिएको छ । मूल सडक तथा  भित्री सडकमा समेत ट्राफिक जाम भएपछि यात्रुहरुले सास्ती भोगिरहेका छन् । भाडाका गाडी नचल्दा यात्रुहरु हिँडेरै गन्तव्यमा जानु  परेको  देखिन्छन् । कतिपय गाडी पाउने आशमा यात्रु प्रतिक्षालयमा कुरिरहेका पनि  देखिन्छन् । माइतीघरबाट सर्वोच्च अदालत हुँदै सिंहदरबारतर्फ जाने  मूल सडक प्रहरीले  बन्द गराएको छ ।  पुरानो बसपार्क–भद्रकाली सडक र प्रदर्शनीमार्गमा फैलिने गरी विरोधसभा हुने र सभामा सहभागीहरु ‘टी’ आकारमा रहनेछन् । सूचना अनुसार प्रचण्ड–माधव समूहले आज काठमाडौं र ललितपुरका बिभिन्न नौ स्थानबाट जुलुस निकालेर  विरोधसभा गर्नेछन् । विरोधसभालाई अध्यक्षद्वय प्रचण्ड र माधव कुमार नेपालले सम्बोधन गर्नेछन्  समेत  आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्