साधारण सेयर (आईपीओ) बाँडफाँट – चन्द्रागिरि हिल्स लिमिटेड

Machchapuchchre

अर्थ राजनीति ~  आज चन्द्रागिरि हिल्स लिमिटेडको साधारण सेयर (आईपीओ) बाँडफाँट  भएको छ । सो कम्पनीको सेयर बिक्री प्रबन्धक   ग्लोबल आइएमई क्यापिटलले शुक्रबार विहान आईपीओ बाँडफाँट गरेको छ । आवेदन दिएका मध्ये १ लाख ३९ हजार ६०२ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् ।  भाग्यमानी २ जनाले  ११/ ११ कित्ता सेयर हात पारेको क्यापिटलले जनाएको छ । १० कित्ताका दरले बाँडफाँट गरेपछि उभ्रिएको २ कित्ता गोलाप्रथाबाट २ जनालाई दिने  कम्पनीले जनाएको छ । कम्पनीले पुस २४ गते सर्वसाधारणको आईपीओ बिक्री खुला गरेको हो भने  कम्पनीले एक सय रुपैयाँका दरले १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आईपीओ द्वारा  निष्काशन गरेको हो । आईपीओमा आवेदन दिएका मध्ये १२ लाख ११ हजार ११५ जनाको मात्रै आवेदन स्वीकृत भएकोमा  ४० हजार भन्दा धेरै आवेदकको आवेदन रद्द भएको कम्पनीले जनाएको छ  ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्