बैंकहरु कर्जा लगानीमा आक्रामक देखिए

Machchapuchchre

अर्थ राजनीति ~   कोरोनाको त्रास रहेसँगै  बैंकहरु कर्जा लगानीमा आक्रामक देखिन थालेका छन् । लामो समय हुन नसकेको कर्जा लगानी दशै अगाडिदेखि भने बढ्दै गएको देखिएको छ । पुस मसान्तमा  बैंकहरुको कर्जा लगानी ३२ खर्ब रुपैयाँ को हाराहारीमा पुगेको छ । कर्जा लगानी निकै बढे पनि निक्षेप भने खासै वृद्धि हुन सकेको देखिदैन । बैंक तथा वित्तयि संस्थाहरुले सीसीडी रेसियो -कर्जा-निक्षेपबीचको अनुपात) ८५ प्रतिशत कायम गर्नुपर्ने  नियम छ । कर्जा लगानी जुन स्तरमा बढेको छ सो हेर्दा  त्यसले कर्जाको गुणस्तर कमजोर हुने  चिन्ता थपिएको बैंकर्स संघका अध्यक्ष भुवन दाहाल  बताउँछन् । अध्यक्ष दाहालका अनुशार हाल बजारमा कायम अधिक तरलताले ब्याजदर स्थायित्व तथा कर्जाको गुणस्तरमा चुनौती थपेको छ  र यो विषयलाई सम्बोधन गर्न आफु , नेपाल राष्ट्र बैंक तथा अर्थमन्त्रालयबाट पनि प्रयास भइरहेको  बताएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्