अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा दुईजना चिनियाँ नागरिकसहित ४ जना पक्राउ

Machchapuchchre

अर्थ राजनीति ~ प्रहरीले अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा दुईजना चिनियाँ नागरिकसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चीनको वाहक वु चाओ, चीनको  झाङ विई, सिन्धुपाल्चोकको भोटेकोशीका माइला भनिने भक्ते लामा र दावा पासाङ लामा छन् । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी अशोक सिंहका अनुसार उनीहरुले चिनियाँ नागरिक लिई विइपिङ र लि जिओनिङलाई अपहरण गरेको भन्दै किटानी जाहेरी परेको थियो । उनीहरुले १९ पुसमा गौशालाको तिलगंगामा रहेको आनन्द होटलबाट दुई जनालाई अपहरण गरेको जाहेरीमा उल्लेख छ । जाहेरीमाथि अनुसन्धान गर्ने क्रममा उनीहरुलाई बुधबार ठमेलबाट पक्राउ गरिएको सिंहले बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्